ताजा अपडेट

हाम्रो बारेमा

 

रेडियो परिचय

                  २१ औं शताव्दीको यो युगमा सञ्चारको क्षेत्र धेरै अगाडी बढिसकेको छ । गाउँदेखी शहरसम्मका प्रायजसो सबै सञ्चारको पहुँचमा छन् । हाम्रो देश नेपालमा पनि सञ्चारको क्षेत्रमा धेरै लगानि र प्रगतिहरु देखिएका छन् । सञ्चारको माध्यम मध्येको रेडीयो धेरै नागरिकमाझ एकैपटकमा सजिलै पुग्न सक्ने माध्यम हो । नेपालमा पनि रेडीयोको संख्या करिव ४ सयको हाराहारीमा पुगिसकेको छ । समाज परिवर्तन र समाजका आम नागरिकहरुलाई सुसुचित गर्न रेडियोहरुले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । यही समाज परिवर्तनको लागि बाग्लुङ जिल्लाको खर्वाङ बजारमा २५० वाट क्षमताको रेडीयो सारथीले आफ्नो प्रशारण २०६७ माघ १ गतेबाट शुरु गरेको छ । 
                 यो रेडीयो सारथी बाग्लुङ जिल्ला सदरमुकाम भन्दा वाहीरको पहिलो रेडीयो हो । छोटो समयमा लाखौं स्रोताको अपार मायाँ र साथका कारण रेडीयो सारथीले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगि रहेको छ । स्वदेश तथा विदेशमा रहेका स्रोताको मागकै आधारमा वि.स. २०७० सालदेखी www.radiosarathi.com.np को वेवसाईट सँचालनमा ल्याएको छ । भने वि.स. २०७२ सालको वार्षिकोत्सवपछि रेडीयो सारथीले आफ्नो प्रशारण लनलाईनमा २४ घण्टे बनाएको छ । खर्वाङ प्रमूख व्यापारीक केन्द्र बुटवल र सदरमुकाम बागलुङको नाकाको रुपमा रहेको ठाउँ हो । यहाँ तिव्र विस्तारमा रहेको बाग्लुङ,  गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, म्याग्दी, राेल्पा लगाएतका जिल्लाका प्रमूख बजार र गाउँबस्तीमा लाखौं स्रोतासँग यो रेडीयोको निकै राम्रो पहुँच रहेको छ । 
 

रेडियो नै किन ?

         अहिलको अवस्थामा कुनै पनि व्यक्ती, सँघ सँस्थाले कुनै पनि जानकारी सहज रुपमा धेरै जना स्रोता माझ पुराउनको लागि आमसञ्चार माध्यमको प्रयोग सबैभन्दा बढी विश्वासिलो हुनेछ । आम सञ्चार माध्यममा पनि रेडियोको प्रभावकारिता ज्यादै बढी रहेको कुरा पनि नकार्न सकिदैन । हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुक र अरु सञ्चारमाध्यमको पहूँच गाँउघरसम्म भैनसकेको अवस्थामा सूचना संप्रेषणको लागि रेडियो नै सबैको लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । अन्तराष्टिय व्यापारीहरु आफ्नो कमाईको करिव २० प्रतिशत मुनाफा विज्ञापनमा खर्च गर्ने गरेका छन् । विज्ञापन विना व्यापार व्यवसायको कल्पना गर्न पनि सकिदैन । 
 

सारथीको लक्षित समुदाय

           यस रेडियो सारथी बाग्लुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा लगाएतका जिल्लाका करिव २० लाख प्रत्यक्ष लक्षित स्रोता समुदाय वनाएको छ । रेडियोले बालबालिका, युवायुवती र वृद्धबृद्धासम्मलाई समान महत्व र स्थान दिने छ भने पिछडिएको समुदाय हाम्रो पहिलो प्राथमिकतामा पर्नेछ । यस रेडीयोले कुनै पनि व्यक्ती तथा सँस्था विशेषको पक्ष विपक्षमा वकालत गर्दैन ।
 

रेडीयो सारथीका सवल पक्षहरु

  1.  हाल धेरै रेडीयोले भोगी रहेको लोडसेडीङको समस्या रेडीयो सारथीले स्थानीय Micro Hydro को विद्युत उत्पादनका कारण यो समस्या भोग्नु परेको छैन । अर्थाथ रेडीयो सारथीको नियमीत प्रशारणमा कुनै समस्या छैन । 
  2. बाग्लुङ,  गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, म्याग्दी, राेल्पा लगाएतका आसपासका क्षेत्रमा पहिलो २४ घण्टे रेडीयो तथा अध्याधीक स्रोता माझ लोकप्रिय रहेको । 
  3. यस रेडीयो सारथीले अत्याधुनिक उपकरण सहीत आफ्नो प्रशारण गरीरहेकोले यस्को प्रशारण गुणस्तरीय रहेको । 
  4. रेडीयाका स्टाफ् तथा कर्मचारीहरु पूर्ण श्रमजिवी पत्रकार ऐन लागु भएकोले स्थायी कर्मचारीको व्यवस्था भएकोले उत्पादीत कार्यक्रम गुणस्तर र नियमीत प्रशारणमा रहेको । 
  5. सुपथ मुल्यमा सूचना, विज्ञापन तथा कार्यक्रम प्रशारण गर्ने गरेको तथा सेवाको भावनाका आधारमा विभिन्न कार्यक्रम प्रशारणमा रहेको । 
  6. Add on Music को नयाँ नियम अनुसार नेपालमै पहिलो पटक सन्देश विज्ञापन प्रशारण गर्ने अवसर रहेको । 
  7. रेडीयो सारथीका RJ तथा कर्मचारीहरु पूर्ण दक्ष भएकाले रेडीयोले प्रशारण गर्ने कार्यक्रम स्रोतामाझ निकै लोकप्रिय रहेको ।
  8. स्थानीय व्यापारी, सँघसँस्था तथा राष्ट्रीय स्तरका विभिन्न उत्पादन कम्पनी तथा विज्ञापन एजेन्सीसँगको राम्रो सम्बन्ध तथा सहकार्य रहीरहेको । आदी 

विज्ञापन दररेट

२०६७ माघ १ गतेबाट नियमीत प्रशारण शुरु गरेको रेडीयो सारथीले आफ्नो प्रशारण अवधी  २४ घण्टामा पुराएको छ । सोही अनुसारको विज्ञापन दर रेट तल उल्लेख गरीएको छ । उल्लेखीत दररेटमा 13% VAT जोडीएको छैन ।  साथै विज्ञापन एजेन्सीका लागि 15% एजेन्सी शेवा शुल्क शुरक्षित गरीएको छ । तल उल्लेख गरीएको दररेटमा अापसी समझदारीमा घडवड हुन सक्नेछ । जसका लागि  सिधा सम्पर्क 9741337014
 
प्राईम टाईम
विहान ६:००–९:००  बजेसम्म, वेलुका ६:००–९:००  बजेसम्म
नर्मल टाईम
विहान ९:००–१२:००  बजेसम्म, वेलुका १२:००–६:०० बजेसम्म, राती ९:०० देखी विहान ६:००  बजेसम्म
प्राईम टाईम 
  • रु.२०० प्रति एपिसोट (२० सेकेण्ड भित्र)
  • रु.३०० प्रति एपिसोट (४० सेकेण्ड भित्र)
  • रु.४०० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
नर्मल टाईम 
  • रु.१५० प्रति एपिसोट (२० सेकेण्ड भित्र)
  • रु.२०० प्रति एपिसोट (४० सेकेण्ड भित्र)
  • रु.२५० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
न्यूज बुलेटीन (कायाकैरन, थाहा अपडेट, नेपाल खवर, नेपाल दर्पण, सारथी हालचाल, विविसी)
  • रु.५०० प्रति एपिसोट Time Check सँगै (वढीमा ३० सेकेण्डमात्रै)
  • रु.४५० प्रति एपिसोट समाचारको पहिलो विज्ञापनमा (४० सेकेण्ड भित्र)
  • रु.४०० प्रति एपिसोट समाचारको दोस्रो विज्ञापनमा  (४० सेकेण्ड भित्र)
लोकप्रिय कार्यक्रमको प्रायोजन (शुभविहानीको राशीफल, वस्तीका सुसेली, सिने सँसार, सारथी क्वीज, सँग च्वाईस)
  • रु.१००० प्रति एपिसोट 
लोकप्रिय कार्यक्रमको प्रायोजनमा प्रत्येक कार्यक्रममा 
  1. एक घण्टाको कार्यक्रम भए शुरुमा, विच र अन्त्यमा गरी ३ पटक विज्ञापन प्रशारण हुने । 
  2. आधा घण्टाको कार्यक्रम भए शुरुमा र अन्त्यमा गरी २ पटक विज्ञापन प्रशारण हुने ।
  3. कम्तीमा २ मिनेट प्रायोजकका बारेमा बोलीने । 
  4. कार्यक्रम प्रायोजनको प्रमाणपत्र उवलव्ध गराईने । 
 
Time Check
               कुनै सन्देश वा विज्ञापन दैनिक रुपमा धेरै पटक प्रशारण गर्नुपर्ने अवस्थामा यो समय बढि उपयुक्त हुन्छ । यसका लागि कम्तीमा विहान ६ बजेदेखी बेलुकी ९ बजे सम्मका लागि १६ एपिसोट हुनुपर्नेछ । यस्को लागि दैनिक रु. २००० शुल्क लाग्नेछ । जुन अन्य कुनै पनि विज्ञापन दररेट अनुसार निकै न्यून शुल्क हो । लामो समय  र धेरै एपिसोट हुने भएकोले यस्तो दररेट कायम गरीएको हो ।
 
Add On Music 
             निकै लोकप्रिय गित सँगितको म्यूजिक वजिरहेको समयमा ट्रयाकमा गित बज्दा त्यसको सट्टामा विज्ञापन तथा 
सन्देश बजाउने तरीका नै Add On Music हो । यो सम्भवतः नेपालमै पहिलो प्रयोग हो । यो रेडीयो सारथीमा परीक्षणका क्रममा निकै लोकप्रिय बनेको छ । रेडीयोमा विज्ञापन आउँदा अन्य रेडीयोनै सुन्ने अवस्था भएकोले स्रोताले विज्ञापन सुन्नै पर्ने अवस्था सृजना गर्नु Add On Music को उद्देश्य हो । जसको प्रत्यक्ष फाईदा विज्ञापनदालाई रहेको हुन्छ । यो नियम अनुसार विज्ञापन सन्देश बजाउने उक्त विज्ञापन तथा सन्देश वढिमा ४५ सेकेण्डको मात्र हुनुपर्दछ । यो तरीका लागि रेडीयो सारथीले गित सँगीत उत्पादन गर्ने संस्था र व्यक्तीसँग सम्झौता गरेको हुन्छ । भने पूर्व स्वीकृत अनुसार गरीएको हुन्छ । 
नियमहरु
  1. विज्ञापनदाताले प्रत्येक एपिसोटका लागि गितसँगित आँफै रोज्न पाउनेछ । तर यस्तो अधिकार निश्चीत शर्तका आधारमा रेडीयोको Technicean लाई पनि दिन सक्नेछ । 
  2. गितसँगित जुनसुकै विदाको पनि हुन सक्दछ । 
  3. विज्ञापन तथा सन्देश वढिमा ४५ सेकेण्डको मात्र हुनुपर्दछ । 
  4. यो नियम अनसार विज्ञावन सन्देश बजाउँदा रु.४०० प्रति एपिसोट शुल्क लाग्नेछ । भने प्रत्येक नयाँ गित अनुसार  रु.२५  अतिरिक्त शुल्क लाग्नेछ ।

 

Top