• ८ बैशाख २०८१, शनिबार
  • ०७:५८:४६

Now: शुभविहानी

Next: थाहा अपडेट

२१ औं शताव्दीको यो युगमा सञ्चारको क्षेत्र धेरै अगाडी बढिसकेको छ । गाउँदेखी शहरसम्मका प्रायजसो सबै सञ्चारको पहुँचमा छन् । हाम्रो देश नेपालमा पनि सञ्चारको क्षेत्रमा धेरै लगानि र प्रगतिहरु देखिएका छन् । सञ्चारको माध्यम मध्येको रेडीयो धेरै नागरिकमाझ एकैपटकमा सजिलै पुग्न सक्ने माध्यम हो । समाज परिवर्तन र समाजका आम नागरिकहरुलाई सुसुचित गर्न रेडियोहरुले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । यही समाज परिवर्तनको लागि बाग्लुङ जिल्लाको खर्वाङ बजारमा २५० वाट क्षमताको रेडीयो सारथीले आफ्नो प्रशारण २०६७ माघ १ गतेबाट शुरु गरेको छ ।

यो रेडीयो सारथी बाग्लुङ जिल्ला सदरमुकाम भन्दा वाहीरको पहिलो रेडीयो हो । छोटो समयमा लाखौं स्रोताको अपार मायाँ र साथका कारण रेडीयो सारथीले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगि रहेको छ । स्वदेश तथा विदेशमा रहेका स्रोताको मागकै आधारमा वि.स. २०७० सालदेखी www.radiosarathi.com.np को वेवसाईट सँचालनमा ल्याएको छ । खर्वाङ प्रमूख व्यापारीक केन्द्र बुटवल र सदरमुकाम बागलुङको नाकाको रुपमा रहेको ठाउँ हो । यहाँ तिव्र विस्तारमा रहेको बाग्लुङ,  गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, म्याग्दी, राेल्पा लगाएतका जिल्लाका प्रमूख बजार र गाउँबस्तीमा लाखौं स्रोतासँग यो रेडीयोको निकै राम्रो पहुँच रहेको छ । 

रेडियो नै किन ?

अहिलको अवस्थामा कुनै पनि व्यक्ती, सँघ सँस्थाले कुनै पनि जानकारी सहज रुपमा धेरै जना स्रोता माझ पुराउनको लागि आमसञ्चार माध्यमको प्रयोग सबैभन्दा बढी विश्वासिलो हुनेछ । आम सञ्चार माध्यममा पनि रेडियोको प्रभावकारिता ज्यादै बढी रहेको कुरा पनि नकार्न सकिदैन । हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुक र अरु सञ्चारमाध्यमको पहूँच गाँउघरसम्म भैनसकेको अवस्थामा सूचना संप्रेषणको लागि रेडियो नै सबैको लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । अन्तराष्टिय व्यापारीहरु आफ्नो कमाईको करिव २० प्रतिशत मुनाफा विज्ञापनमा खर्च गर्ने गरेका छन् । विज्ञापन विना व्यापार व्यवसायको कल्पना गर्न पनि सकिदैन । 

सारथीको लक्षित समुदाय

यस रेडियो सारथी बाग्लुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा लगाएतका जिल्लाका करिव २० लाख प्रत्यक्ष लक्षित स्रोता समुदाय वनाएको छ । रेडियोले बालबालिका, युवायुवती र वृद्धबृद्धासम्मलाई समान महत्व र स्थान दिने छ भने पिछडिएको समुदाय हाम्रो पहिलो प्राथमिकतामा पर्नेछ । यस रेडीयोले कुनै पनि व्यक्ती तथा सँस्था विशेषको पक्ष विपक्षमा वकालत गर्दैन ।

रेडीयो सारथीका सवल पक्षहरु

  1.  हाल धेरै रेडीयोले भोगी रहेको लोडसेडीङको समस्या रेडीयो सारथीले स्थानीय Micro Hydro को विद्युत उत्पादनका कारण यो समस्या भोग्नु परेको छैन । अर्थाथ रेडीयो सारथीको नियमीत प्रशारणमा कुनै समस्या छैन । 
  2. बाग्लुङ,  गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, म्याग्दी, राेल्पा लगाएतका आसपासका क्षेत्रमा अध्याधीक स्रोता माझ लोकप्रिय रहेको । 
  3. यस रेडीयो सारथीले अत्याधुनिक उपकरण सहीत आफ्नो प्रशारण गरीरहेकोले यस्को प्रशारण गुणस्तरीय रहेको । 
  4. रेडीयाका स्टाफ् तथा कर्मचारीहरु पूर्ण श्रमजिवी पत्रकार ऐन लागु भएकोले स्थायी कर्मचारीको व्यवस्था भएकोले उत्पादीत कार्यक्रम गुणस्तर र नियमीत प्रशारणमा रहेको । 
  5. सुपथ मुल्यमा सूचना, विज्ञापन तथा कार्यक्रम प्रशारण गर्ने गरेको तथा सेवाको भावनाका आधारमा विभिन्न कार्यक्रम प्रशारणमा रहेको । 
  6. Add on Music को नयाँ नियम अनुसार नेपालमै पहिलो पटक सन्देश विज्ञापन प्रशारण गर्ने अवसर रहेको । 
  7. रेडीयो सारथीका RJ तथा कर्मचारीहरु पूर्ण दक्ष भएकाले रेडीयोले प्रशारण गर्ने कार्यक्रम स्रोतामाझ निकै लोकप्रिय रहेको ।
  8. स्थानीय व्यापारी, सँघसँस्था तथा राष्ट्रीय स्तरका विभिन्न उत्पादन कम्पनी तथा विज्ञापन एजेन्सीसँगको राम्रो सम्बन्ध तथा सहकार्य रहीरहेको । आदी ।