• १३ बैशाख २०८१, बिहीबार
  • १०:५७:०२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

खर्वाङमा सहकारी द्धारा सुपथ मुल्यमा रसायनिक मल विक्रि वितरण सुरु

खर्वाङ । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको मिलन व्यवसायीक कृषि सहकारीले दैनिकि सेवा सहित कृषकहरुको लागि रसायनिक मल वितरण सुरु गरेको छ ।

यस अघि मासिक कारोवार गर्दै आएको सहकारीले मंसिर ५ गते देखि दैनिक सेवा सुरु गरेको सहकारीका अध्यक्ष दिन बहादुर केसिले जानकारी दिनुभएको छ। सहकारीले नयाँ कार्यालयको व्यवस्थापन समेत गरि सेवा विस्तार गरेको हो ।

हालको लागि नियमित कारोवार सहित कृषकहरुको लागि युरिया, डिएपि, पोटास, बोरान लगाएतको रासायनिक मल सुपथ मुल्यमा वितरण सुरु गरिएको अध्यक्ष केसिले जानकारी दिनुभएको छ । व्यवसायीक रुपमा कृषि गर्ने कृषकहरुको लागि सहजिकरण सहित लगानी गरिरहेको सहकारीले वचत तथा ऋणको कारोवार समेत गरिरहेको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै