समचार

मुसामा सफल कोलेस्ट्रोल कम गर्ने खोप मानिसमा परीक्षण हुँदै

असार ९ । वैज्ञानिकले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने उद्देश्यले तयार पारिएको कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण गरिरहेका छन् । मुसामा गरिएको परीक्षण सफल भएपछि वैज्ञानिकले कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण सुरु गरिएको हो ।

अस्ट्रियाको भिएनामा रहेको मेडिकल युनिभर्सिटी अफ भिएनाका अनुसन्धानकर्ताले अहिले ७२ जनामा सुरक्षित तरिकाले खोपको परीक्षण गरिरहेका छन् । खोप बोसोका कारण धमनीहरुमा आउने समस्या रोक्ने गरी तयार पारिएको अनुसन्धानकर्ताले बताएका छन् । यो खोप स्ट्रोक, एनजाइना तथा हृदयघात रोक्नका लागि प्रयोग गर्न सकिने छ ।

मानिसमा गरिएको परीक्षण मुसामा जस्तै सफल देखिएकोमा मुटु सम्बन्धी रोगको उपचारमा यो ठूलो सफलता हुने अुनसन्धानमा संलग्न डा। गुएन्टर स्टाफलरले बताउनुभयो । अहिले अनुसन्धानको क्रममा नै रहेकाले मानिसमा खोपको राम्रो प्रभाव देखिएपछि सामान्य प्रयोगमा ल्याउन भने अझै ६ वर्ष लाग्ने उहाँले बताउनुभयो ।   

Top