• १३ बैशाख २०८१, बिहीबार
  • २२:४६:३०

Now: खुलदुली डटकम

Next:

वामीटक्सारका सरसफाई अभियान्ता सापकोटाको निधन

वामी । मुसिकोट नगरपालिका ७ बसपार्क निवासी सरसफाई अभियान्ता हरिप्रसाद सापकोटाको निधन भएको छ ।

आज बिहान पुजा गर्ने क्रममा आफ्नै निवासमा मस्तिस्कघातका कारण एक्कासी चक्कर आई ढलेका सापकोटाको बिहान १० बजे निधन भएको हो । सापकोटालाई थप उपचारको लागि पोखरा लैजान हेलिकप्र झिकाईएपनि हेलिकप्टर आउनु अघि नै उहाँको ज्यान गएको पारिवारीक श्रोतले बताएको छ ।

साबिक वामी गाबिस भित्र विगत लामो समयदेखि सार्बजनिक स्थलमा सरसफाई अभियान गर्दै आऊनु भएका सापकोटाको हरेक समय प्रस्ट बिचार राख्ने स्वभाब थियो । स्व.सापकोटाको पार्थीब शरिरमा पार्टीको झन्डा ओडाऊदै नगरप्रमुख शोमनाथ सापकोटाले स्वर्गिय हरिप्रसाद सापकोटाको पार्थीब शरिरमा नेकपाको झन्डा ओढाई सम्मान ब्यक्त गर्नु भएको थियो साथै उहाँले पार्टीका एक सकिृय सदस्य गुमाउनुप्रदा पार्टिलाई ठुलो क्षती पुगेको बताउनुभयो ।

सापकोटाका ३ छोरा हरूले वामीटक्सार बसपार्कमा सागर स्टोर्स सन्चालन गर्दै आऊनु भएको छ । स्व.सापकोटाको आजै मुनपा ७ स्थित झेंदिमा अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै