• ८ बैशाख २०८१, शनिबार
  • ११:३१:२९

Now: सिने संसार

Next: नेपाल खवर

बडिगाड सहित बाग्लुङमा ३८ वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद 

मंसिर १२ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको विभीन्न ठाउँबाट अवैध भरुवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले गत कात्तिक २८ देखि मंसिर ११ गतेसम्म जिल्लाका विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दु बरामद गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

प्रहरी बरामद गरेको ३८ थान बन्दुक मध्ये ६ जना वेसाबुत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कात्तिक २८ गते बडिगाड—३ सिसाखानीबाट १ नाल, मंसिर ४ गते ताराखोला गाउँपालिका—४ को नागबेलीबाट ४ नाल, उक्त वडाकै छेल्लरखोलाबाट ६ नाल र बगाले सिमओढारबाट दुई नाल गरी एकमुष्ट १२ नाल बन्दुक बरामद गरेको छ ।

त्यस्तै मंसिर ५ गते ताराखोलाकै जुल्फे सामुदायिक वनबाट ४ नाल, अर्गल हर्पुखोलाबाट ४ नाल भरुवा बन्दु बरामद गरेको प्रहरीले जनाएको छ । मंसिर ११ गते ताराखोला गाउँपालिका—५ सिपबाट ८ नाल र हर्पुखोलाबाट ९ नाल बन्दुक बरामद गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै