• १६ चैत २०८०, शुक्रबार
  • १५:५२:१३

Now: लोकछहारी

Next: थाहा अपडेट

सन्दीप सिपिएल खेल्न साउन तेस्रो साता ट्रिनिडाड एन्ड टोबागो जाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न साउन तेस्रो साता ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन्।

सन्दीप सिजनको सिपिएलका लागि जमैका तलाबाजमा १ लाख ३० हजार अमेरिकी डलर (१ करोड ५६ लाख रुपैयाँ) मा आबद्ध भएका थिए।

सन्दीपका सहयोगी रमन सिवाकोटीका अनुसार सिपिएल आयोजनाका लागि ट्रिनिडाड सरकारले अनुमति दिएसँगै सन्दीप अगस्ट पहिलो साता (साउन तेस्रो साता) त्यसतर्फ जाने तयारी भएको हो।

अन्तर्राष्ट्रिय उडान नभएको अवस्थामा सन्दीप चार्टर्ड फ्लाइटमार्फत त्यसतर्फ जानेछन्। सन्दीप क्यानडा हुँदै ट्रिनिडाड जाने तयारी गरिएको सिवाकोटीले बताए।

सन्दीपसँग क्यानडाको भिसा छ। ट्रिनिडाडका लागि अनअराइभल भिसा लिनु पर्नेछ।

सन्दीपले ट्रिनिडाड प्रस्थान गर्नुअघि कोरोना भाइरसको पिसिआर टेस्ट गर्नेछन्। टेस्टमा नेगेटिभ आए मात्र उनी त्यसतर्फ जान पाउनेछन्। त्यहाँ पुगेपछि सन्दीप १४ दिनको सेल्फ आइसोलेसनमा बस्नेछन् भने दुई पटक कोरोनाको पिसिआर टेस्ट गराउनेछन्।

सिपिएल आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाडमा हुनेछ।

सिपिएल र ट्रिनिडाड सरकारबीचको सहमतिअनुसार सहभागी ६ टिमका खेलाडी र व्यवस्थापक, आयोजक, टेलिभिजन क्रु सदस्यहरू सिपिएल सुरु हुनुभन्दा दुई साता सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ। सबै जना ट्रिनिडाड पुगेपछि सेल्फ आइसोलेनमा बस्नु पर्ने हुँदा दुई साताअघि नै त्यहाँ पुग्नु पर्नेछ।

स्तै ट्रिनिडाड पुग्नुअघि कोरोना भाइरसको पिसिआर टेस्ट गर्नु पर्नेछ। नेगेटिभ नतिजा आए मात्र ट्रिनिडाड जान पाइनेछ। ट्रिनिडाड पुगेपछि पनि दुई पटक पिसिआर टेस्ट गरिनेछ। ट्रिनिडाड पुगेको सात दिनमा र १४ दिनमा पिसिआर टेस्ट हुनेछ। लगातार दुई टेस्टमा नेगेटिभ नतिजा आएका मात्र सिपिएलमा सहभागी हुन पाउनेछन्।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै