• ८ बैशाख २०८१, शनिबार
  • ००:०८:११

Now:

Next: शुभारम्भ धुन

मुसिकोटका ८ युवाले एक करोड बढी लगानीमा बाख्रा पालन व्यवसाय सुरु गरे

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका ८ युवाहरुले एक करोडको लागतमा बाख्रापालन व्यवसाय सुरु गरेका छन् । मुसिकोट नगरपालिकाका हरी प्रसाद खराल, टिकाराम खरेल लगायतका युवाहरुले बाख्रा पालनको लागि एक करोड भन्दा बढी लगानी गरेका छन् ।

 उहाँहरुलाइ खगराज खराल, यादुमणी खराल, विकास कंडेल, कुल बहादुर पौडेल, रामप्रसाद चालीसे र भोजराज सापकोटाले साथ दिनुभएको छ । गाँउमै आम्दानीको श्रोत स्थापना गर्ने र केही युवाहरुलाइ रोजगारी दिने उद्धेश्य बोकेर युवाहरु यो अभियानमा लागेका हुन् ।

‘गाँउ सारै शुन्य भयो, घरहरुमा तालाचावी लागेका छन’ खरालले भन्नुभयो ‘त्यसैले गाँउमा केही युवाहरुलाइ रोजगारी दिने र थोरैधेरै रौनक थप्ने भनेर फार्म चलाउन लाग्यौँ’ । उहाँले आम्दानी सँगसँगै गाँउको शुन्यता चिर्नको लागि बाख्रापालन व्यवसाय सुरु गरिएको जानकारी दिनुभयो । यस बाख्राफार्मलाई यस क्षेत्रको ठूलो मानिएको छ ।

बाख्रा फार्मको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले शुत्रmबार उदघाटन गर्नुभएको छ । उदघाटन गर्दै मेयर सापकोटाले मुसिकोट नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायबाट समृद्धि हासिल गर्ने गरी राखेको लक्ष्यमा साथ दिएकोमा सबै युवाहरुलाई धन्यवाद दिनुभयो ।

ढुक्क भएर लगानी गर्न आग्रह गर्दै मेयर सापकोटाले लगानी गर्न चाहने युवाहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो ।  उक्त कार्यक्रमकै अवसरमा मुसिकोट नगरपालिकाले एउटा बोयर बोका समेत हस्तान्तरण गरेको छ ।

करिब एक करोड लगानी गरेर ५ सय बाख्रा राख्न मिल्ने ३ वटा खोर तयार गरिएको छ । शुरुमा युवाहरुले नयाबर्ष २०७७ को अवसरमा बाख्रा पालन शुरु गर्ने योजना बनाएका थिए । तर कोरोना महामारी नियन्त्रण गर्न भन्दै गरिएको लकडाउनको कारण बाख्रा खरिद गर्न ढिलाइ भएको कारण व्यवसाय शुरु गर्न ८ महिना ढिला भएको हो ।

कालिका बाख्रा फार्म नाममा दर्ता गरेर अघि बढेका युवाले २ वटा ठुलाठुला खोरहरु बनाएका छन् । जसमा दिउँसोमा घाँस खुवाउन एउटा खोर, राती राख्नको निम्ती अर्को खोर बनाइएको छ ।

ती खोरमा पनि पाठापाठी र माउ बाख्रा छुट्टाछुट्टै राख्ने गराइएको छ । जापानलाई कर्मथलो बनाउनुभएका खरेल यसै व्यवसाय उद्घाटन गर्नको निम्ती स्वदेश आउनुभएको थियो । हाल आठ जना युवाहरु नै फार्ममा उपस्थित भइ खटेका छन् । अहिले ९० बाख्रा खरिद गरि व्यवसाय शुरु गरिएको छ भने केही समयमै अरु बाख्रा थप गरिने भएको छ ।

युवाहरुले बाख्रा पालनको लागि आवश्यक पर्ने नेपियर लगायतका घाँस पनि रोपेका छन् । त्यसैमाथी बसाइसराइले जँगलमा यसै खेर गइरहेको घास दाउरा पनि सदुपयोग हुने उनीहरुको बिश्वास छ । ‘पहिले पहिले गाँउमा मानिस थिए, उनीहरुले पाखापखेरमा घाँस दाउरा गर्थै, त्यसैले पाखापखेरा घना भएका थिएनन्’ उहाँले भन्नुभयो, ‘आजकल मान्छेको आवतजावत कम भएसँगै घाँस दाउरा नगरीँदा खेर गइरहेको घाँस पनि सदुपयोग हुने भो’ ।

उनीहरुले बसाइसराइले शुन्य बनेका गाँउमा रौनक थप्ने लक्ष्य राखेका छन्। युवाहरुले फार्मबाट उत्पादित मललाइ प्रयोग गरेर अन्य खेती पनि बिस्तार गर्ने पनि तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै