• ८ बैशाख २०८१, शनिबार
  • १०:१७:४५

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

निसीखोलाबाट लगिएको गाँजा बागलुङमा नष्ट

बागलुङ। जिल्लाकाे निसीखोलाबाट जिल्ला सदरमुकाम बागलुङ पुरयाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

गएको कात्तिक २९ गते निसिखोला गाउँपालिका वडा नं. ६ बाट प्रहरीले बरामद गरेको १ सय ५० किलो गाँजा जिल्ला प्रहरी कार्यालय बागलुङ परिसरमा शुक्रबार नष्ट गरिएको हो । निसीका टेक बहादुर घर्तीको घरबाट उनीसहित १ सय ५० किलो गाँजा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टिमले नियन्त्रणमा लिएको थियो । 

सरोकार वालाको रोहवरमा नियन्त्रणमा लिएको गाँजा नष्ट गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानाकारी दिनुभयो । गाजासहित पक्राउ परेका घर्तीको म्याद थपेर अनुसन्धान भैरहेको छ । घर्तिले गाँजा उत्पादन गरी बिक्री वितरणका लागि भण्डारण गरी राखेको सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यस अघि सोही वडाका वडा अध्यक्ष समेत गाँजा सहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै