• १३ बैशाख २०८१, बिहीबार
  • २३:४२:०२

Now:

Next:

बागलुङका विद्यालय कहिले खुल्छन् ?

बागलुङ । बागलुङ नगरपालिकाभित्रका सार्वजनिक तथा संस्थागत विद्यालय पूर्ण रुपमा कहिले संचालन हुन्छन् भन्ने अझै यकिन भएको छैन । केही विद्यालयले नियमित संचालन गरेका छन् भने बजार क्षेत्रमा बढी समस्या भएकोले नियमित खुल्न सकेका छैनन् ।

संस्थागत विद्यालय भने अझै खुल्न झनै ढिलाई भएका छन् । नगरशिक्षा समितिको बिहिबारको बैठकले पनि विद्यालय खुलाउने बिषयमा छलफल गरेको नगरशिक्षा अधिकारी दण्डपाणी शर्माले बताए ।

‘सबै बिद्यालयका प्रअसँग जुम बैठक गरेर विद्यालय संचालन कार्ययोजना बनाउन भनेका थियौं, उहाँहरुले बनाउने योजना अनुसार विद्यालय खोलिनेछ’ शर्माले भने, ‘संस्थागत विद्यालयमा साना कोठा, धेरै विद्यार्थी भएकोले व्यवस्थापनमा चुनौती छ ।’

सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड कायम गर्ने तथा मास्क र सेनिटाइजर लगाउने कामलाई अनिवार्य गराउन भनिएको पनि उनले बताए । तर कुन मितिदेखि विद्यालय खोल्ने भन्ने शिक्षा समितिले समेत निर्णय नगरेको हो । विद्यालय खोल्ने मिति र समयको निर्णय गर्ने अधिकार समितिले विद्यालयलाई नै दिने आसय बनाएको हो ।

विद्यालय संचालन भएपछि वडा शिक्षा समिति र नगरशिक्षा समितिले नियमित अनुगमन गर्ने, आबस्यक सुझाव दिने लक्ष बनाइएको शर्माले बताए । यो योजनाबाट छिटै बिद्यालय खोल्न सकिने संभावना भएपनि ग्रामीण क्षेत्रको तुलनामा नगरमा चुनौती बढी हुने समितिका पदाधिकारीको ठहर छ । अनलाइन कक्षा र घरघरमा पढ्ने व्यवस्थामा पनि अभिभावक र शिक्षकले पहल गर्नुपर्ने अधिकांसको धारणा थियो ।

केही बिद्यालयले जुम कक्षा चलाएर नियमित पढाईसमेत गरेका छन् । बिहिबारको बैठकले शिक्षा समितिमा दुई सदस्य थप्ने योजना पनि बनाएको छ । थपिने दुई सदस्यमा हुमा रिजाल र चुडामणी शर्मा छन् । बागलुङको तमानखोला र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकामा भने नियमित जसो पढाइ भैरहेका छन् । विद्यालय पोशाकमै बालबालिकाले विद्यालय गएर नियमित पढेका छन् । उनीहरुलाई कक्षा कोठामा दुरी कायम गरेर राख्ने गरिन्छ ।

बडिगाड गाउँपालिकामा पनि यो अभ्यास भएको हो । पहिलोपटक बडिगाड २ को त्रिभूवन माविले यो प्रयास थालेको थियो । कतिपय शिक्षकले भने नगर र गाउँ शिक्षा समितिको निर्णय पहिला आएमा आँफ्नो जिम्मेवारीबाट उम्कन पाउने आसमा बसेको समेत भेटिएको शिक्षाका जानकारले बताए ।

पालिकाले चासो र जिम्मेवारी दिएमा कोरोना संक्रमण भैहालेमा जोखिम मोल्न सहज हुने शिक्षकहरुको धारणा छ । बरेङ गाउँपालिका, जैमिनी नगरपालिकालगायतका अन्य पालिकामा विद्यालय संचालनको अभ्यास भने भएका छन् ।

बरेङमा नियमित जसो कक्षा चलेका छन् भने जैमिनीमा पनि धेरै विद्यार्थी भएका विद्यालयमा दुई चरणमा कक्षा चलाइएका हुन् । बजारमा धेरै बालबालिका भएपनि ग्रामीण क्षेत्रका विद्यालयमा भने थोरै विद्यार्थी छन् । प्राथमिक तहमा एकैपटकमा सबै बालबालिका बोलाएर कक्षा चलाउन सकिने र मावि तहमा समस्या पर्ने देखिएको जैमिनीका नगरशिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए ।

बागलुङ नगरपालिकामा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित छन् । तमानखोला, निसीखोला, ढोरपाटन, बडिगाड, बरेङलगायतका पालिकामा सुन्य सक्रिय संक्रमित छन् भने अन्य पालिकामा पनि छिटफुट सक्रिय संक्रमित भेटिइरहेका छन् । ढोरपाटन न्यूज’

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै