• १५ चैत २०८०, बिहीबार
  • १३:५४:१४

Now: Music Expreeas

Next: थाहा अपडेट

बागलुङको बडिगाडमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते

कमल पौडेल

१३ मंसिर, बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ आकाशेपुल नजिकै ध १ प २६०७ नं. को मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन्। ललितपुर महानगरपालिका १५ झम्सिखेलका वर्ष ३९ का चिराक लामा घाइते भएका हुन् ।

घाइतेको दाहिने खुट्टामा ठूलो चोट रहेको र थप उपचारको लागि हेलिकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको खर्वाङ प्रहरी चौकीका ट्राफिक प्रहरी हवल्दार प्रकाश गिरिले जानकारी दिनुभएको छ।

सडकमा भएको खाल्डो छल्ने क्रममा मोटरसाइकल सडकवाट झण्डै १ सय मिटर तल खसेको थियो। मोटरसाइकलको पछाडि रहेका यात्रु सडकमै रहेका थिए। भिरमा अडिएका लामालाई तत्कालै प्रहरी, स्थानिय र उनका साथिहरूको सहयोगले उद्धार गरिएको थियो।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै