• ८ बैशाख २०८१, शनिबार
  • १६:४४:२०

Now:

Next: थाहा अपडेट

बडिगाड वडा नं ८ र ९ मा दलित सञ्जालको एक घर एक सदस्य संगठन विस्तार

तिलक मगर 
१३, मंसिर रेडियो सारथी । बडिगाड दलित सञ्जालको एक घर एक सदस्य संगठन विस्तार कार्यक्रम अन्तरगत दगातुन्डाडा, दर्लिङ र रणसिंहकिटेनीमा एकैसाथ कार्यक्रम सम्पन्न भएको छ। बडिगाड गाउँपालिका वडा नं. १ तुन्डाडामा वडा कमिटिको वैठक सम्पन्न भएको छ। ढाल बहादुर सुनारको सहजिकरणमा सम्पन्न भएको बैठकले एक घर एक सदस्यता लाई पूर्ण कार्यान्वयन गर्ने, सामाजिक विकृतिहरुलाई न्युनिकरण गर्न एकतावद्ध भएर लाग्ने निर्णय गरेको छ।

वैठक वडा कमिटि अध्यक्ष नर वहादुर विकको अध्यक्षता तथा सचिव हिरा वोहोराको सञ्चालनमा सम्पन्न भएको थियो। त्यस्तै वडा नं. ९ दर्लिङमा पनि बडिगाड दलित सञ्जालको वैठक सम्पन्न भएको छ। वैठकमा बडिगाड दलित सञ्जालका सदस्य पूर्ण विक, सल्लाहकार प्रेम बहादुर विक, सेतुराम परियार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। बक्ताहरुले शिक्षा तथा चेतनाको स्तर बृद्दि भएमा मात्र जातिय छुवाछुट अन्त्य गर्नको लागि टेवा पुग्ने , जातिय बिभेद अन्त्य गर्नको लागि दलितको एकता आवश्यक रहेको लगायतका बिषयमा जोड दिनुभएको थियो।

बैठकले एक घर एक सदस्यता वितरण गर्ने, विहान ६ वजे देखि साँझ ५ बजे सम्म कसैले पनि मदिरा जन्य पदार्थ सेवन नगर्ने, सामाजिक सुधारका कार्य सञ्चालन गर्ने, प्रत्यक महिनाको ५ गते नियमित वैठक वस्ने लगाएतका निर्णय गरेको छ। बैठक अध्यक्ष विदे कामीको अध्यक्षता तथा प्रकाश विश्वासको सञ्चालनमा सम्पन्न भएको थियो।

त्यस्तै आजै बडिगाड दलित सञ्जालको एक घर एक सदस्य संगठन विस्तार कार्यक्रम अन्र्तगत आज बडिगाड गाउँपालिका वडा नं ८ मा कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा बोल्दै बडिगाड वडा नं ८ का वडा अध्यक्ष यम बहादुर श्रीसले अब दलितहरुले पनि आफ्नो अधिकार माग्नको लागि संर्घष गर्नुपर्ने, समाजमा सदैब सामाजिक सदभाब राख्नुपर्ने बताउनु भएको थियो ।


बडिगाड दलित सञ्जालका महिला उपाअध्यक्ष तुल्सी बिक को अध्यक्षता रहेको कार्यक्रममा बडिगाड दलित सञ्जालका कोषा अध्यक्ष कल्पना बिक वनस्पती माविका शिक्षक पूर्ण बहादुर विक, बडिगाड दलित सञ्जालका सल्लाहाकार सदस्य तथा पौदीतारी आभारभुत बिधालयका शिक्षक शंकर परियार, पाण्डवखानी माविका शिक्षक कासिराम विक, बडिगाड दलित सञ्जाल वडा नं ६ का प्रेम बिक, वडा नं ५ का जनप्रतिनिधी कोपिला परियार लगायले बोल्नुभएको थियो । 

त्यस्तै कार्यक्रममा बडिगाड दलित सञ्जाल वडा नं ५ का वडा कमिटी अध्यक्ष पुर्ण कुमार बिक र बडिगाड दलित सञ्जाल वडा नं ६ का वडा कमिटीका सचिब मन बहादुर बिकको समेत सहभागिता रहेको थियो ।  कार्यक्रममा हर्कमान बिकको नेतृत्वमा ११ सदस्य समितीको वडा कमिटी गठन गरीएको छ । कार्यक्रमको सञ्चालन बडिगाड दलित सञ्जालका सह सचिब कृष्ण परियारले गर्नु भएको थियो । 

गाउँपालिका भित्र सवै दलित समुदायलाई एकिकृत गर्दै एक घर एक सदस्यताको अभियान चलाइएको काँसिराम विकले रेडियो सारथीलाई जानकारी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै