• १६ चैत २०८०, शुक्रबार
  • ०८:०५:१२

Now: थाहा अपडेट

Next: सन्देश/पिएसए

राष्ट्रिय युवा संघ गल्कोटको भेला सम्पन्न, मनोज कुमार थापाको संयोजकत्वमा ४५ सदस्यिय कमिटि गठन

कमल पौडेल

१३,  मंसिर । राष्ट्रिय युवा संघ नेपाल गल्कोट नगरकमिटिको पहिलो भेला गल्कोटमा सम्पन्न भएको छ। भेलाले मनोज कुमार थापाको संयोजकत्वमा ४५ सदस्यिय कार्यसमितिको गठन गरेको छ। जसको सहसंयोजकमा टंक कार्कि रहनुभएको छ।

सो कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटि सचिव ग्यामनाथ गैरेले समाज परिवर्तनका लागि युवाको भुमिका अहमहुने बताउनु भएको छ।  जहिले पनि युवा परिवर्तनको पक्षमा उभिरहेको र उभिनुपर्ने बताउँदै पार्टीलाई एकतावद्ध ढंगले अगाडि वढाउने जिम्मा पनि युवाहरुकै हुने बताउनु भएको छ।

 कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज नरेश केसि, नेकपाका प्रदेश कमिटि सदस्य फमलाल न्यूरे, नेकपाका जिल्ला कार्यालय सदस्य लाल बहादुर थापा नेकपा जिल्ला सदस्य तथा गल्कोट नगरकमिटि अध्यक्ष ललित थापा श्रीस,

जिल्ला कमिटि सदस्य एवं गल्कोट नगर सचिव डम्बर श्रीस, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष रेशम घर्ति, फडेन्द्र थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताले पार्टीलाई एकतावद्ध रुपमा अगाडि वढाउनुपर्ने बताएका थिए। कार्यक्रम मनोज कुमार थापाको अध्यक्षता तथा टंक कार्किको सञ्चालनमा सम्पन्न भएको थियो। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै