• १२ बैशाख २०८१, बुधबार
  • १९:३३:१५

Now: पुराना लोक दोहोरी गीत

Next: नेपाल दर्पण

आज १५ शैयाको मुसिकोट अस्पताल भवनको  सिलन्यास

वामी । पूर्व मन्त्रि तथा प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले देशै भर निर्माण हुन लागेका अस्पतालले जनतालाई आधारभुत स्वास्थ्य सेवा प्राप्त हुने बताउनु भएको छ ।

आज गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा १५ शैयाको मुसिकोट अस्पतालको सिलन्यास गर्दै पूर्व मन्त्रि विष्टले वुटवल तम्घास पुग्नुपर्ने वाध्यता हट्ने विश्वास व्यक्त गर्नुभएको छ । रिडि रुद्रवेणी सडक खण्ड मध्यको दरमखोला देखि वामीटक्सार हुँदै जेठ महिना भित्र पिच हुने र वाँकी सडक पनि पिचको प्रक्रियामा रहेको जानकारी गराउनु भएको छ।

वामीटक्सार लगाएत वजारको भित्रि भाग कालोपत्रे गर्ने, वामीटक्सार काँडेवास हुँदै गल्कोट सडक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। खानेपानी विद्युत लगाएतका विषयमा समेत सम्बोधन गर्नुभएका विष्टले खरका छाना मुक्त निर्वाचन क्षेत्र बनाउने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहनुभएका विष्टले नेताहरु विचमा भएका कमिकमजोरीहरु सच्याउँदै आन्दोलनलाई एकतावद्ध गराउने बताउनु भएको छ । पूर्व राजाको गतिविधि बढेको तर्फ इङ्कीत गर्दै पूर्व मन्त्रि विष्टले कहिलेकाँहि आन्दोलनमा समस्या देखिने गरेको तर कुनै कारणपनि व्यवस्था परिवर्तन नहुने ठोकुवा गर्नुभएको छ । 

सोहि अबसरमा मुसिकोट नगरपालिकाका प्रमुख शोमनाथ सापकोटाले  अस्पताल निर्माणको काम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो ।

हाल बर्थिङ सेन्टर र प्रयोगशाला सहित सेवा प्रदान गरेको स्वास्थ्य चौकीको स्थर उन्नती पश्चात अस्पतालमा ४ जना डाक्टरहरू सहित २१ जना कर्मचारीहरूको दरबन्दि रहने छ । १८ करोड ६ लाख लागतमा वन्न लागेको अस्पताल २ वर्षमा सम्पन्न हुनेछ। 

कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी भरत शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता नगर प्रमुख सोमनाथ सापकोटाको स्वागत मन्तव्य तथा गोपिकृष्ण खरेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै