• ७ बैशाख २०८१, शुक्रबार
  • ०५:४७:३९

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

गुल्मीको कुर्घामा मालिका मेला सम्पन्न  

मुसिकोट । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा मालिका मेला सम्पन्न भएको छ । 

मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको थियो । १५ टिमको उपस्थित रहेको भलिबल प्रतियोगितामा रोयल गोर्खाज होटल गलकोट बाग्लुङ्ग ए प्रथम र रोयल गोर्खाज होटल गलकोट बाग्लुङ्ग वी गलकोट द्धितिय भएको खेल संयोजक पदम थापाले बताउनुभयो । 

प्रथम हुनेले खसि मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने द्धितिय हुनेले बोका मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । उत्कृष्ठ खेलाडीमा ए बाट रोजन थापा र अनुशासन खेलाडीमा वी बाट रोशन मल्ल ठकुरीलाई सम्मान गरिएको खेल संयोजक थापाले बताउनुभयो ।

धार्मिक ऐतिहासिक एवंम पर्यटकीय स्थल मालिका मन्दिर परिसरमा  प्रत्येक वर्ष भव्य मेला लाग्ने गर्दछ । प्रत्येक वर्षाको शिव बैकुण्ठ चर्तुदर्शीमा उक्त मेला हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले जानकारी दिनुभयो ।

मालिका मेला विगतका वर्षामा भव्यताका साथ मनाउने गरिएको भएपनि यस वर्ष कोरोना भाइरसका कारण मेलालाई निरन्र्ततामात्र दिएको भलिबल प्रतियोगिताका सचिब सुनिल सिङ्ग ठकुरीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै