• ६ बैशाख २०८१, बिहीबार
  • ०९:४५:०९

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बडिगाड दलित सञ्जालको जनचेतना मुलक कार्यक्रम दमारमा सम्पन्न

खर्वाङ । बडिगाड दलित सञ्जालले पछिल्लो समय एक घर एक सदस्य संगठन विस्तार संगै जनचेताना मुलक कार्यक्रम्मलाई तिब्र पारेको छ । सोहि कार्यक्रम अनुशार आज बडिगाड २ दमारमा कार्यक्रम्म सम्पन्न भएको छ । 

आज दमारमा सम्पन्न जनचेतना मुलक कार्यक्रम्मा बोल्दै संयुक्त दलित संजाल बागलुङका संरक्षक सल्लाहाकार तथा बडिगाड दलित संजालका सल्लाहाकार लक्ष्मण बरालले शिक्षा तथा चेतनाको स्तर बृद्दि भएमा मात्र जातिय छुवाछुट अन्त्य गर्नको लागि टेवा पुग्ने, जातिय बिभेद अन्त्य गर्नको लागि दलितको एकता आवश्यक रहेको लगायतका बिषयमा जोड दिनुभएको थियो । 

साथै बडिगाड २ का वडा सदस्य जमुना विकले अब दलितहरुले पनि आफ्नो अधिकार माग्नको लागि संर्घष गर्नुपर्ने बताउनु भएको थियो ।

बडिगाड दलित सञ्जल वडा नं. २ का उपाध्यक्ष राजु विकको अध्यक्षता रहेको आजको कार्यक्रम्म कोषाध्यक्ष भिम विकको स्वागत तथा सचिव बोजराज विकको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै