• ७ बैशाख २०८१, शुक्रबार
  • १२:२८:५७

Now: माई च्वाईस

Next: थाहा अपडेट

सरसफाई अभियान्ता सापकोटाको संझनामा वामीटक्सारमा शोकसभा 

गुल्मी । मुसिकाेट नगरपालिका वडा नं. ७ वामीटक्सारका सरसफाई अभियान्ता स्व. हरिप्रसाद सापकोटाको नबौं पुन्य तिथीको अवसरमा आज उहॉकै निवासमा शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा मुसिकोट वडा नं ७ को वडा कमिटी गुल्मीले सरसफाई अभियान्ता स्व. हरिप्रसाद सापकोटाको स्वर्गारोहण भएको नबौं पुन्य तिथीको अवसरमा उहॉको संझनामा आज उ शोकसभा कार्यक्रम सम्पन्न गरेकाे हाे । शोकसभा कार्यक्रममा नगर इन्चार्ज जीवन खरेल,नगर कमिटी सचिब अग्निधर लोहनी,वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले, नेकपा वडा नं ७ का पार्टी कमिटी ईन्चार्ज भुवन बहादुर केसीले शोक बक्तवय राख्नु भएको थियो ।

साथै साेहि अबसरमा बिभिन्न संघ संस्थाहरूको तर्फ बाट शोकपत्र बाचन गरिएको थियो । शोकपत्र बाचन गर्ने हरूमा वामी विस्व सम्पर्क मन्चको तर्फ बाट ज्ञानेश्वर काफ्ले, रूद्रावती बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख रामु तिवारी, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन कृषक समुहका सचिब कमल प्रसाद खरेल, गोल्डेन बोर्डिङ स्कूल बाट युबराज भट्टराई, जनसेवा आमा समुहको तर्फ बाट सरीता कक्षपतीले लगाएत हुनुहुन्थ्याे ।

शोकसभामा उपस्थित हरूले स्व. आत्माको चीरशान्ति एबम बैकुण्ठ बासको कामना गर्नु भएको थियो । स्व. सापकोटाका ३ छोरा हरूले वामीटक्सार बसपार्कमा सागर स्टोर्स सन्चालन गर्दै आऊनु भएको छ । कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष गोपीकृष्ण खरेलले र सन्चालन राजन सापकोटाले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै