• १३ बैशाख २०८१, बिहीबार
  • २१:३८:२८

Now: लघुकथा आँगन

Next: खुलदुली डटकम

वामिमा करेन्ट लागेर कार्किकाे ज्यान गयाे

वामि । मुसिकोट नगरपालिका वडा न ७ मा एक युवकको करेन्ट लागेर ज्यान गएको छ ।

वामि बजारमा कार्की मोबाइल पसल संचालन गर्दै आएका २६ बर्षका धिरज कार्कीको पसलमा काम गर्ने क्रममा करेन्ट लागेर आज दिउसो ३ बजे ज्यान गएको वामि प्रहरी चाैकिले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ७ झेदी घर भएका कार्किलाई करेन्ट लाग्न साथ उनकी श्रीमतीले छुटाएर स्थानिएको सहयोगमा वामि टारमा रहेको लुम्बिनी वामी हस्पिटल प्रालिमा लगेपनि बचाउन नसकिएको श्रीमतीले बताईन ।

समयमा नै अस्पताल पु¥एपनि कार्किलाई अस्पताल ल्याउदाँ सम्म उनको ज्यान गई सकेको डा. गिरेन्द्र सहानीले जानकारी दिए । मृतक धिरजका श्रीमतिसंगै दुइ सन्तान पनि रहेका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै