• ८ बैशाख २०८१, शनिबार
  • ०८:४३:५७

Now: बदलिंदो नेपाल (समृद्धिको सपना)

Next: नेपाल खवर

वामीटक्सारमा रेडक्रस भवनकाे शिलन्यास

वामी । नेपाल रेडक्रस सोसाइटी उपशाखा मुसिकोट नगरपालिका ७, वामीटक्सारको भवन शिलन्यास भएको छ । सो भवनको शुक्रवार एक कार्यक्रमका विच प्रदेश सांसद खड्क केसिले सिलन्यास गर्नुभएको हो ।

सो सिलन्यास कार्यक्रममा बोल्दै सांसद केसिले सामाजिक एकतावाट मात्रै विकास संभव हुने भन्दै स्थानिय विकासको लागी सवै एकतावद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ । भवन निर्माणको लागी जग्गा दिने तथा नगद सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै सांसद केसिले समयमै भवन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।

भवन निर्माणको लागि स्थानिय टिकाराम काफ्लेले निशुल्क १ रोपनी जग्गा सहित ३ लाख रकम हस्तान्तर गर्नुभएको थियो भने मुसिकोट नगरपालिकाले ५ लाख सहयोग गरेको छ । करिव ३० लाख लागतमा सम्पन्न हुने भवनको लागि अपुग हुने रकम विभिन्न स्रोतवाट जुटाउने गरि तयारी भैरहेकोले समयमै सम्पन्न हुने वडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

सो सिलन्यास कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, नेपाल रेडक्रस सोसाईटी गुल्मीका सभापति राजेन्द्र श्रेष्ठ, मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का अध्यक्ष नारायण सापकोटा, वडा नं. ९ का अध्यक्ष नरेश खरेल, नेकपा नगर सचिव अग्नीधर लोहनी, नेपाली काग्रेसका सुर्दशन शाक्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वामी उपशाखाका कार्यवाहक अध्यक्ष भुवन केसिको अध्यक्षता, पूर्व सभापति डिलाराम खरेलको स्वागत मन्तव्य तथा सचिव भिमसेन केसिको सञ्चालनमा सम्पन्न भएको थियो। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै