• १२ बैशाख २०८१, बुधबार
  • २३:५३:५८

Now:

Next:

बडिगाडमा लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगत कार्यक्रम सम्पन्न

खर्वाङ । बडिगाड गाउँपालिकाको आयोजना तथा बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्र को सहआयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभाहल खर्वाङमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले नेपाली समाजमा पूर्ण रुपमा लैंगिक उत्पिडन अन्त्य हुन नसकेको भन्दै सरोकारवालाहरु थप जिम्मेवार वन्नुपर्ने बताउनु भएको छ ।

घरेलुहिंसाको रुपमा लैंगिक हिंसा लुप्त रुपमा रहेको भन्दै उपप्रमुख भुसालले त्यसको न्युनिकरणको लागि सामाजिक स्तरबाटै एकतावद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले लैंगिक तथा घरेलु हिंसाको प्रमुख कारक मदिरा भएको भन्दै मदिरा नियमन वाट मात्रै हिंसा न्युन गर्न सकिने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, वडा नं. २ का अध्यक्ष ढालेन्द्र शेरचन, रेडियो सारथीका स्टेसन म्यानेजर कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम कार्यपालिका सदस्य हिमा खरेलको अध्यक्षता याेजना अधिकृत प्रकाश पौडेलको स्वागत मन्तव्य तथा बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना कुमारी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सरोकार वाला सहित स्थानिय महिलाहरुको सहभागिता रहेको थियो । बडिगाड गाउँपालिकाको आयोजनामा यस अघि पालिकाकै वडा नं. ७ भिमगिठे तथा वडा नं. ५ ग्वालीचौर खारमा कार्यक्रम सम्पन्न भएको थियो । यो वर्ष मंसिर १० गते देखि २५ गते सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै