• १६ चैत २०८०, शुक्रबार
  • १६:३७:४९

Now: लाेक सारथी

Next: थाहा अपडेट

दलित साझा मन्च मुसिकोटको दोस्रो नगर भेला सम्पन्न

वामी । दलित साझा मन्च मुसिकोट नगरपालिका गुल्मीको दोस्रो नगर भेला वामीटक्सारमा सम्पन्न भएको छ ।

नगर भेलाको अबसरमा बोल्दै गुल्मी २ क का लुम्बिनी प्रदेश सभासद खड्क केसीले समय फेरिँदा मान्छेको सोँचाइ पनि फेरिँन जरूरी रहेको भन्दै समाजमा रहेका बिभेद अन्त्य गर्न जरूरी रहेको बताऊनु भएकाे छ । शिक्षा तथा चेतनाको स्तर बृद्दि भएमा मात्र जातिय छुवाछुट अन्त्य गर्नको लागि टेवा पुग्ने, जातिय बिभेद अन्त्य गर्नको लागि दलितको एकता आवश्यक रहेको लगायतका बिषयमा सभासद केसीले जोड दिनुभएको थियो ।

रूद्रावती बहुमुखि क्याम्पसमा सम्पन्न नगर भेलामा बोल्ने बक्ताले समाजमा रहेको जातिय बिभेद, छुवाछुत लगायतका गतिबिधी निन्दनिय रहेको भन्दै आफुहरूले यस प्रकारका निन्दनिय घटना हरू अन्त्य गर्न सक्दो सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

भेलाले मुमबहादुर परियारको अध्यक्षता तथा चन्द्र रसाईली सचिब रहने गरी दलित साझा मन्च मुसिकोट नगरपालिकाकाे नगर समिति निर्माण गरेको छ । भेला मुमबहादुर परियारको अध्यक्षता, कोषाध्यक्ष प्रबिना परियारको स्वागत तथा सचिव चन्द्र रसाईलीको संचालनमा सम्पन्न भएको थियाे ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै