• १५ चैत २०८०, बिहीबार
  • १८:३७:०७

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

ओम सेन्चुरीको डकुमेन्ट्री पन्चेबाजा गित “हाम्रो आँपचौर” सार्बजनिक (हेर्नुहोस भिडियो)

तिलक मगर । केही समय अगाडी मात्र इन्द्रेणीमा रबिना बसेल सँग गित गाएर चर्चामा आएका अर्का गाएक हुन ओम सेन्चुरी । गुल्मी जिल्लाको आँपचौरमा जन्मेर गित सँगितमा संर्घष गरीरहेका ओम सेन्चुरीका पहिले पनि केही गितहरु बजारमा आएका थिए तर खासै चर्चामा रहेको थिएन । अहिले इन्द्रेणीमा दोहोरी गाएपछि उनको पनि चर्चा हुन थालेको छ ।

धेरैले उनलाई खेम सेन्चुरीको जस्तै आवाज मान्छे पनि उस्तै भनेर भनेका छन । कसैले त उनलाई खेम सेन्चुरीको भाई भनेर पनि चिन्छन । उनै ओम सेन्चुरीको केही समय अगाडि हाम्रो आपचौँर नामक एल्बमको भिडियो सुटिङ रिपोर्टको बारेमा केही क्लिप दिएका सेन्चुरीले यतिखेर भने पूरा भिडियो सहित बजारमा ल्याएका छन्।

आपचौँरको कफि इतिहास धार्मिक परम्परा पर्यटकीय स्थल रहनसहन लगायत समग्र बस्तुस्थितिको बारेमा सेन्चुरीले गीतबाट दृश्यमा उतारेका छन् । यसबाट गुल्मी जिल्लामा रहेका बिभिन्न पर्यटकिय क्षेत्रहरुलाई पनि प्रचार प्रसारमा थप टेवा पुगेको उनले बताएका छन । यस मन छुने पन्चे बाजा गितमा सुमुधुर स्वरकी धनी गायिका कमला शिर्पाली र ओम सेन्चुरी को स्वर छ भनि लय शब्द स्वयम सेन्चुरीले नै सिर्जना गरेका छन ।

शनिबार सार्बजनिक भएको गीत हाम्रो गुल्मी नामक यु ट्युव च्यानेल मार्फत सार्बजनिक भएको छ । शोभाखर पन्तको निर्देशन सम्पादन रहेको गीतमा ओम सेन्चुरी बबिता धिताल निशा मगर लगायतले अभिनय गरेका छन । सार्बजनिक गीतलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै