• ८ बैशाख २०८१, शनिबार
  • १७:५३:४८

Now: आफ्नै पाखा आफ्नै भाका

Next: नेपाल खवर

बडिगाड १० दर्लिङकी एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

खर्वाङ। जिल्लाको बडिगाड गाउँपालिकाकी एक गर्भवती महिलालाई आइतवार हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुतीमा जटिलता देखिए पछि बडिगाड गाउँपालिका १० दर्लिङकी १९ वर्षीया बसन्ता बिश्वकर्मालाई हेलिकप्टर मार्फत उद्धार गरी पोखरा लगिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सुत्केरी उद्धार कार्यक्रम अन्र्तगत बिश्वकर्मालाई हेलिकप्टर मार्फत उद्धार गरिएको उहाँको भनाई छ ।

अत्यधिक रक्त श्राव भएको र पेटमा दुई बच्चा रहँदा एक बच्चाको अवस्था सामान्य भन्दा फरक तवरले पेटमा रहेका कारण पोखरा रेफर गरिएको  बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो । पोखरामा प्रसुती भइसकेको र आमा शिशु दुवैको अवस्था सामान्य रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै