• ७ बैशाख २०८१, शुक्रबार
  • ११:३६:१३

Now: सिने संसार

Next: नेपाल खवर

मुसिकोट नगरपालिकाले अनुदानमा मकैको बीउ बितरण गर्दै

वामी । मुसिकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाइ मकैको बीउ बितरण गर्ने भएको छ । 

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम खाद्यान्न तथा तरकारी बीउबीजन वितरण अन्तर्गत ५० प्रतिशत अनुदानमा मकैको बीउ बितरण गर्न लागिएको कृषी शाखा प्रमुख जनक पौडेलले जानकारी दिनुभयो ।

सोमबार प्रकाशित सुचनामा इच्छुक कृषक, कृषक समुह, शहकारी र कृषी उद्यमीहरुले पौष २० गतेभित्र माग संकलन गरि कृषकको नाम, माग परिमाण, सम्पर्क नम्बर र मकै लगाउने जग्गाको क्षेत्रफल समेतको विवरण उल्लेख गरि कृषी शाखामा बुझाउन अनुरोध गरिएको कृषी शाखा प्रमुख पौडेले जानकारी दिनुभयो ।

१४२ दिनमा पाक्ने मनकामना ३ जातको मकैको बीउलाइ मध्य पहाडको ७५० मीटरदेखी १७०० मीटरसम्मको उचाइको बारीको लागि र ८० देखी ९० दिनसम्म पाक्ने अरुण २ जातको बीउलाइ मध्य पहाडको ७५० देखी ९०० मीटरसम्मको उचाइको खेतको लागि सिफारिस गरिएको कृषि शाखाले जनाएको छ ।

तर बीउ प्राप्त गर्नको लागि व्याक्तिगत हकमा माग गरेको निवेदन, नागरिक्ताको फोटोकपी पेश गर्नुपर्ने छ भने समुह वा शहकारीको हकमा भने मकै लगाउने कृषकहरुको नामावली र क्षेत्रफल सहितको निर्णय, साथमा दर्ता प्रमाणपत्रको फोटोकपी पेश गर्नुपर्नेछ कृषि शाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै