• १५ चैत २०८०, बिहीबार
  • १६:२६:४५

Now: लाेक सारथी

Next: थाहा अपडेट

जानिराखौं, तुलसी कस्तो अवस्थामा हानिकारक हुन सक्छ ?

काठमाडौँ। कोरोनाभाइरसको महामारी बढेसँगै मानिसहरुले तुलसीको प्रयोगमा बढी जोड दिन थालेका छन्। यस स्थितिमा चिकित्सकहरुले तुलसीको प्रयोग गर्न सिफारिस गर्दै आएका छन्। वैज्ञानिकरुपमा मात्र नभएर तुलसीको अध्यात्मिकरुपमा धेरै उपयोगी मानिन्छ। तर, तुलसीको अत्याधिक प्रयोग वा तुलसी केही अवस्थामा हानिकारक पनि हुन सक्ने गर्दछ। तुलसीलाई सहिरुपमा प्रयोग गरिएन भने यसले स्वास्थमा हानिसमेत गर्दछ।

जानिराखौं, तुलसी कस्तो अवस्थामा हानिकारक हुन सक्छ ?

घाँटीमा तुलसी माला धारण गर्दा जीवनशक्ति बढ्ने विश्वास गरिन्छ। यसले धेरै रोगबाट छुटकारा पनि दिने आध्यात्मिक बुझाइ छ। तुलसीको मालामा भागवत नाम जप गर्दा यसले धेरै फाइदा गर्ने विश्वास गरिन्छ। मृत्युको समयमा, मृतकको मुखमा तुलसीको पानी राखिदिँदा मृतक सबै पापहरुबाट टाढा रहने र भगवान विष्णुको लोकमा पुग्ने विश्वास गरिन्छ। ब्रह्मवैवर्त पुराणको एक खण्डका अनुसार तुलसीका पातहरू सूर्योदयपछि मात्र टिप्नुपर्ने विश्वास गरिन्छ।

तुलसीका पातहरु दूधमा कहिले मिसाएर पिउनु नहुने विश्वास गरिन्छ । यस्तो अवस्थामा तुलसी हानिकारक हुने गर्दछ। वैज्ञानिक दृष्टिकोणले दूधमा तुलसी मिलाएर पिउँदा एसिडिटी हुन सक्छ। तुलसी पातले गर्भवती महिला र उसको भ्रुणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।

गर्भवती भएको बेला यसको सवाधानीपूर्वक सेवन नगर्दा यसले गर्भ पनि तुह्याउन सक्छ। यसमा रहेको एस्ट्रगोल तत्वले गर्भाशय संकुचन हुन सक्ने र तुलसीका पातहरूले महिलाको मासिक धर्मलाई पनि असर गर्न सक्छ।

अध्ययनहरुका अनुसार तुलसीले रगतमा सुगरको मात्रा कम गर्न सक्छ। यदि कसैले पहिले देखिनै मधुमेहको औषधि सेवन गरिरहेको छ भने यस्तो अवस्थामा तुलसीले सुगरको स्तर कम गराउन सक्छ जसका कारण स्वास्थमा गम्भीर असर पर्न सक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार एसीटामिनोफेन (पीडा निवारक) जस्ता औषधी लिने व्यक्तिहरूले नियमित रूपमा पवित्र तुलसी सेवन गरेमा कलेजो बिग्रने खतरा बढी हुन्छ। यो दुबै दुखाइ कम गर्ने हुनाले हो। जब ती दुबै सँगै मिलेर काम गर्छन्, तब उनीहरूले कलेजोको कार्यलाई प्रभावित गर्दछन्।

तुलसीका पातहरुलाइ कहिलेपनि चपाउनु नहुने विश्वास गरिन्छ। तुलसीलाई प्रायस्जसो सिधै निल्ने गरिन्छ यसको पछाडि वैज्ञानिक कारण छ । तुलसी पातमा आइरन हुन्छ जुन चबाएपछि दाँतमा दाग लाग्न सक्छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै