• ७ बैशाख २०८१, शुक्रबार
  • १२:२६:०८

Now: माई च्वाईस

Next: थाहा अपडेट

बुर्तिवाङ मालपोत कार्यालयमा कर्मचारी अभाव, समयमै काम नहुँदा सेवाग्राहि मर्कामा ।

कमल पौडेल 

०६ पौष÷बागलुङ । मालपोत कार्यालय बुर्तिवाङमा कर्मचारी अभावहुँदा सेवा प्रवाहमा समस्या भएको छ। मालपोत अधिकृत सहित १२ जना कर्मचारीको दरवन्दि रहेको कार्यालयमा ८ जना कर्मचारीले काम चलाउनुपर्ने वाध्यता रहेको छ। अनलाइन सिस्टम र हार्डकपि समेतमा काम गर्नुपर्ने तर दरवन्दि अनुसार कर्मचारी नहुँदा समस्या भएको मालपोत अधिकृत दिल बहादुर के.सि.ले बताउनु भएको छ। नायव सुब्बामा ३ जनाको दरवन्दि रहेपनि सवै पद रिक्त रहेको छ। कम्प्युटर अपरेटरको दरवन्दि रहेपनि हाल सम्म सो पद पनि रिक्त रहेको छ। हाल १ जना कार्यालय प्रमुख सहित ३ खरिदार, एक सह–लेखापाल र ३ कार्यालय सहयोगीको भरमा सवै सेवा चलिरहेको छ।

अर्कोतर्फ भाडाको भवनमा सञ्चालन भएको मालपोत कार्यालयमा अपाङ्गता भएका सेवाग्राहि मर्कामा परेका छन्। मालपोत कार्यालय निजि भवनको तेश्रो तथा चौथो तलामा रहेको छ। जसको कारण अपाङगता भएकाहरुलाई समस्या छ। मालपोत कार्यालयमा आर्थिक गतिविधि पारदर्शि नभएको भन्दै देशै भर बैंकिङ प्रणालीमा जाने भनेपनि बुर्तिवाङ मालपोत कार्यालयमा त्यो सम्भव भएको छैन। कर्मचारी तथा कार्यालय स्थानको समेत समस्या भएको कारण बैंकमा लगेर काउन्टर बनाउँदा जनतालाई सास्ती हुने, निजि घरमा बैंकको काउण्टर नआउने भएकोले थप समस्या भएको अधिकृत केसिले दावि गर्नुभएको छ।  

मालपोत अधिकृत केसिले भन्नुभयो–“जनतालाई दुःख नहोस् भनेर विहान ९ वजेदेखि साँझ ५ बजे सम्म काम गरिरहेका छौं, मुद्धा, निवेदन, सुचनाको काम त विहान वेलुका गरेर सक्छौं।” दैनिक २०÷२५ जना बढि सेवाग्राहिले कार्यालयबाट सेवा लिँदै आएका छन्।

जग्गा रजिष्ट्रेसन पास गर्न बडिगाड गाउँपालिका २ बाट बुर्तिवाङ पुगेकी रुनमाया छन्त्यालले भन्नु भयो–“१० बजे अगाडि नै कार्यालय आएकी थिएँ तर हिँजोकै ५ जना रहेछन्, आज काम सकिएन फेरी भोली आउनुपर्ने भो”।

कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसिले भूमि व्यवस्था तथा अभिलेख विभाग संग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआइसकेकोले समस्या भैरहेको दावी गर्नुभएको छ।

बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानियले मालपोत कार्यालय बुर्तिवाङबाट सेवा लिँदै आएका छन्।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै