• १२ बैशाख २०८१, बुधबार
  • २१:५०:०३

Now: यात्रा जिन्दगीकाे

Next: खुलदुली डटकम

ताराखोलामा बालविकास केन्द्रसहित ७ घर पहिरोको जोखिममा

सोमबारदेखि अविरल रुपमा परेको वर्षाका कारण ताराखोलाको एक बालविकास केन्द्र सहित ७ घर पहिरोको जोखिममा परेका छन् । गाउँपालिका वडा नम्बर ४ मा रहेको बाल विकास केन्द्रको भवन नजिकैबाट पहिरो जाँदा जोखिममा परेको छ भने भवनसँगै रहेका अन्य ७ घर समेत पहिरोको जोखिममा रहेको स्थानीय भबिलाल गोतामेले जानकारी दिनुभयो ।

भवन अगाडिबाट पहिरो झरेपछि भवन तल रहेका भबिलाल गोतामे, पतिराम विक, हरि बहादुर विक, कृष्ण विक, जुनुमाया विक, मनसुर विक र जग बहादुर विकको घर समेत जोखिममा रहेका छन् ।

ताराखोला २ को सिलेमा पहिरो जाँदा शहिद मार्ग अवरुद्ध भएको छ । त्यस्तै ताराखोला ४ बतासे डाँडा, ताराखोला २ हिल बगरमा पहिरो जादा ताराखोलादेखि हरिचौर हटिया मोटर बाटो खण्ड पनि अवरुद्ध रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै