• ८ बैशाख २०८१, शनिबार
  • १७:१५:२१

Now: आफ्नै पाखा आफ्नै भाका

Next: नेपाल खवर

मुसिकोटकी झगिकाे ६६ वर्षकाे उमेरमा बन्याे नागरिकता

तस्विर : रेडियो रेसुङ्गाबाट

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ की झगि विकले ६६ वर्षको उमेरमा पहिलो पटक नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँ लामो समयको अन्तरालपछि नागरिकता पाउँदा खुसीले गदगद हुनुभएको थियो । 

नागरिकता पाए पछि जिल्ला प्रशासन कार्यालयको गेटमा नागरिकता सुमसुम्याउँदै विकले भन्नुभयो, ‘दिनभर भोकै भएपनि खाए झैं भएको छ ।’ नागरिकता नहुँदा विक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट समेत बञ्चित हुनुप¥र्यो । ‘सारै खुसी लागेको छ । मलाई जिल्लामा रहनुभएका अधिकारकर्मी सरहरुले सहयोग गर्नुभयो । प्रमुख जिल्ला अधिकारीले समेत घर जाने भाडा दिनुभएको छ ।’ खुसी हुँदै विकले सुनाउनुभयो ।

एक वर्ष अगाडी पनि विक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा आउनुभयो । तर सामान्य सिफारिसमा त्रुटि हुँदा नागरिकता प्रमाणपत्र लिनबाट बञ्चित हुनु प¥र्यो । त्यस पछि आउन उनलाई आर्थिक अवस्थाले साथ दिएन । जिल्ला प्रशासन कार्यालयसम्म आउन गाडी भाडा त टाढैँको कुरा हो ।

नागरिकताका लागि आवश्यक पर्ने फोटो खिचाउँने पैसा समेत नभएको उहाँका श्रीमान लाल बहादुर बताउनुहुन्छ । लाल बहादुर स्वयम् अपाङ्ग हुनुहुन्छ । २०६३ सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउने टोली त्यस स्थानमा जाँदा विकले नागरिकता प्रमाणपत्र बनाएको भए पनि श्रीमतीको भने नागरिकता बनाउन नसकेको अधिकारकर्मी कृष्ण विश्वकर्माले जानकारी दिनुभयो ।

सोमबार जिल्ला प्रशासन कार्यालयको गेटमा विक दम्पत्ती बस्नुभएको थियो । अपाङ्गता भएका लाल बहादुर प्रशासन कार्यालय भित्र समेत जान नसकि गेटमा बसिरहेको बखत नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले सोधखोज गर्दा नागरिकताका लागि प्रशासन कार्यालयमा आएको जानकारी प्राप्त गनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई त्यस बारेमा जानकारी गराएको पाण्डेले बताउनुभयो ।  त्यस लगत्तै जिल्ला प्रशासनका कर्मचारी गेटमै आएर उहाँको नागरिकता प्राप्तीका लागि आवश्यक कागजात तथा फर्म भर्ने कार्य गरी छोटो समयमै नागरिकता उपलब्ध भएको पाण्डेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले विकलाई घर जानका लागी गाडी भाडा समेत उपलब्ध गराउनुभएको जानकारी दिनुहुँदै पाण्डेले भन्नुभयो, ‘जिल्लामा आर्थिक अभावले जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकि नागरिकता प्राप्त गर्न नसकेका जिल्लामा अरु पनि हुन सक्ने भएकाले स्थानीयतहले यसमा आवश्यक सहयोग र समन्वय गर्न आवश्यक रहेको देखिन्छ ।’  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै