ताजा अपडेट

समचार

पोखराको मेयर/उपमेयर जितेको एमालेलाई कास्कीमा अर्काे सफलता, जिससमा प्यानलै निर्विरोध

Krishna Pokharel

पोखरा, १७ साउन ।

कांग्रेसको गढ मानिने पोखरा महानगरपालिकामा स्थानीय तहको निर्वाचनअन्तर्गत मेयर र उपमेयर जितेको नेकपा एमालेले कास्की जिल्लामा अर्काे सफलता हात पारेको छ ।

निर्वाचन कार्यालय कास्कीका अनुसार जिल्ला समन्वय समिति (जिसस)मा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ । एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)को नेतृत्वमा जिससमा प्यानलै निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन आयोगले आठ दिनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोमबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको भए पनि अन्य दलबाट कुनै पनि मनोनयन नपरेपछि पोखरा लेखनाथ महानगरपालिका–२८ का क्षेत्री निर्विरोध संयोजक चुनिएका हुन् ।

समन्वय समितिको उपसंयोजकमा एमालेबाटै पोखरा लेखनाथ–३१ का सावित्री भण्डारी, सदस्यहरुमा मादी गाउँपालिकाका बृहस्पति सापकोटा, माछापुच्छ्रे गाउँपालिकाका विष्णुप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका जगनमाया गुरुङ, पोखरा–२१ का सीतादेवी विक, पोखरा–१६ का गुमादेवी अधिकारी, १५ का तोरणबहादुर बानियाँ र अल्पसंख्यकबाट रुपा गाउँपालिकाका रुपबहादुर माल थापा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिका लागि जिल्ला सभाका सदस्य नै प्रस्तावक र समर्थक हुनु अनिवार्य छ । कास्कीका पाँच स्थानीय तहबाट १० जना जिल्ला सभा सदस्य रहेकामा एमालेका नौ र नेपाली काँग्रेसका एकजना रहेका छन् ।

यसअघि पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा एमालेका मानबहादुर जिसी र उपप्रमुखमा मञ्जु गुरुङ कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै निर्वाचित भइसकेका छन् ।

 

  • ON-AIR

    Time:: am

  • UP-NEXT

    नेपाल खबर

    Time:6:00 pm

Top