• १२ बैशाख २०८१, बुधबार
  • २२:४५:२९

Now: खुलदुली डटकम

Next:

दीपक मनाङे वामदेव पक्षमा, गण्डकी प्रदेश सरकारको दुई तिहाइ गुम्यो

पोखरा । मनाङ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा लागेका छन् । उनले आफू नेकपामा कहिल्यै नगएको र दुईतिहाइ पुर्‍याइदिन मात्र सहयोग गरेको बताएका छन् । मनाङेको यो कदमले गण्डकी सरकारको दुईतिहाइ गुमेको छ । निर्वाचित भएको एक वर्षपछि मात्र सांसदको हैसियत पाएका मनाङेलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ असार २०७६ मा नेकपा प्रवेश गराएका थिए ।

तर, उनी नेकपाको सदस्य भएको कुनै प्रमाण छैन । म नेकपा भएको भए त कुनै आधिकारिकता हुन्थ्यो होला नि । मसँग केही छैन, दुईतिहाइ मात्र पुर्‍याइदिएको हुँ, उनले भने । नेकपाको सांसद् भएको भए आफू मन्त्री बन्ने उनले बताए । म मन्त्री बन्थेँ नि, कहाँ यी नेताको अन्डरमा बस्थेँ म रुू उनले भने । नेकपाको विवाद सर्वोच्च र निर्वाचन आयोगमा चलिरहँदा मनाङेले एकाएक वामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानको केन्द्रीय सदस्य बनेका हुन् ।

अब मिलाउनुपर्छ भनेर लागेको हुँ । मिलाउन त पर्‍यो, उनले भने । नेकपाका नेता वामदेव गौतम आफैंले फोन गरेर सांसद मनाङेलाई पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेको उनले बताए ।

मुख्यमन्त्रीलाई सकस

वैधानिक रूपमा पार्टी फुटिसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्र संविधानतस् विश्वासको मत लिनुपर्छ । अहिलेसम्म उनको पक्षमा उनीसहित २६ सांसद खुलेका छन् । तीन प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ । यसबाहेक प्रचण्ड माधव पक्षले पनि यहाँ मुख्यमन्त्रीको साथ छाडिसकेका छैनन् ।

तर, विश्वासको मत लिने अवस्था आउँदा मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन सकस छ । कारण, प्रचण्ड माधव पक्षका १२ सांसद्‌ले समर्थन नगर्ने जनाएका छन् । मनाङे पनि स्वतन्त्र बस्दा मुख्यमन्त्रीको पक्षमा २६ जना सांसद्‍ मात्र हुनेछन् । जुन बहुमतभन्दा ५ मत कम हो । यहाँ ६० सांसद् छन भने बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै