• ८ बैशाख २०८१, शनिबार
  • ०३:३७:०४

Now:

Next: शुभारम्भ धुन

पहिरोले सडक अबरुद्ध, दर्जनौं घर जोखिममा

सोमबार साँझदेखि परेको अविरल बर्षाका कारण बागलुङका बिभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण कतै घर गोठ जोखिममा परेका छन् भने कतै सडकहरु अबरुद्ध भएका खवरहरु प्राप्त भएका छन् । जिल्लाको दक्षिण खण्ड जोड्ने कालिगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक खण्डमा ठाउँ ठाउँमा झरेको पहिरोका कारण सडकहरु अबरुद्ध भएका छन् ।

सडक अबरुद्ध हुँदा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको जिल्ला सदरमुकाम सँग सडक सञ्जाट टुटेको जैमिनी–९ पैञ्युथन्थापका स्थानीय गंगा आचार्यले बताए । दुध ढुवानी गर्ने, खाद्यान्न ढुवानी गर्ने र अत्यावश्यक कामका लागि सदरमुकाम हिँडेका सवारी पहिरोका कारण सडकमै रोकिएका छन् ।

दुवै सडककको बलेवा खण्डमा सबैभन्दा धेरै ठाउँमा पहिरो खसेको छ । पहिरोले पैदल यात्रीले पनि दुःख पाएका छन् । बर्षासँगै आएको पहिरोका कारण ताराखोला गाउँपालिकाको एक बालविकास केन्द्र सहित ७ घर पहिरोको जोखिममा परेका छन् । गाउँपालिका वडा नम्बर ४ मा रहेको बाल विकास केन्द्रको भवन नजिकैबाट पहिरो जाँदा जोखिममा परेको छभने भवनसँगै रहेका अन्य ७ घर समेत पहिरोको जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । ताराखोला–२ को सिलेमा पहिरो जाँदा शहिद मार्ग अवरुद्ध भएको छ । त्यस्तै ताराखोला– ४ बतासे डाँडा, ताराखोला–२ हिल बगरमा पहिरो जादा ताराखोलादेखि हरिचौर हटिया मोटर बाटो खण्ड पनि अवरुद्ध रहेको छ ।

सदरमुकाम बागलुङ बजारको मिलिजुली चोकमा घर माथिको जमिन भत्किँदा सुनगाभा अफसेट प्रेसमा क्षति पुगेको छ । घरको पछाडिबाट आएको पहिरोका कारण पर्खालनै भत्केपछि अफसेटमा रहेका कायौं सामान पुरिएको प्रोपाईटर टेक बहादुर केसीले बताए । अहिले पहिरो पन्छाउने काम चलिरहेको छ । ढोरपाटन, तमानखोला, निसीखोला र काठेखोला गाउँपालिका स्थानीय सडकमा समेत पहिरोले ठुलो क्षति पु¥याएको छ । बरेङ गाउँपालिकामा पहिरोका कारण एक घर बिस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै