• ७ बैशाख २०८१, शुक्रबार
  • ०२:२३:०७

Now:

Next: शुभारम्भ धुन

काङ्ग्रेस मुसिकोटको आयोजनामा विरोध सभा सम्पन्न

वामी । नेपाली काङ्ग्रेस मुनपाको आयोजनामा मुसिकोटमा विरोध सभा सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र अनुसार काङ्ग्रेसले गुल्मीका १२ वटै स्थानीय तहमा कार्यक्रम गरेकाे छ । यसैविच मुसिकोटमा नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराइले सभालाई सम्बोधन गर्नुभएको छ ।

सभालाई सम्वोधन गर्दै नेता पहराइले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनी आफ्नो पदीय लोलुपताका कारण देश र संविधानलाई नै धरापमा पार्ने गरि गरेको संसद विघटनले नेपालि नागरिकलाई दुखि बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको उद्घोष गर्नुभयो ।

केपी ओली मात्र दोषी नभएर समग्र नेकपाको यसमा दोष रहेको उहाको भनाइ छ, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डले आफ्नै पार्टीभित्र किचलो झिकेर आफ्नो स्वार्थ सिद्दिको लागि देश र जनतालाई नै धोका दिएकोले यसका विरुद्द कांग्रेसले आन्दोलन गर्नुपरेको उहाको तर्क थियो ।

साथै बर्तमान सरकार अधिनायकवादको पर्याय भएको र संसद बिघटन जस्तो असम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्रसष्ट भएकोले नगरिकलाइ सास्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको पहराईले बताउनुभयो ।

पहराइले पवित्र ईतिहास भएको नेपाललाइ विभिन्न समयमा तानाशाही शाशकले भुमरिमा धकेलेको र वर्तमान समयमा पनि बिगतका खतरा भन्दा अझ झन समस्या थपेको बताउदै नागरिकको मतको सम्मान गर्न नसकेको दाबी गर्दै स्वविवेकले पार्टी एकता नगरेको अरु कसैको आशीर्वाद भएकोले नेकपा टिक्न नसकेको पनि उहाले टिप्पणी गर्नुभयो ।

काङ्ग्रेसले धेरै किसिमका आन्दोलन गरेपनी वास्तविक आन्दोलन गर्न नसकेकोले नक्कली कम्युनिस्टको उदय भएको र यसले देश र जनतालाइ ठूलो अभिसाप भएको भनाइ पहराइको छ । अबका आन्दोलन सामाजिक र मानसिक विकासका लागी गर्नुपर्ने, अदालतमा भएको विचाराधीन रहेको मुद्दामा काङ्ग्रेसको वर्तमान सरकारको कदम गलत छ है भन्नका लागि आन्दोलन भएको उहाको तर्क थियो ।

नेपाली काङ्ग्रेसका पनि विविध गल्तिहरु भएपनी देश दुर्घटनामा पर्न लाग्दा सधै नेतृत्व लिएर सहजीकरण गर्ने गरेको र लोकतान्त्रिक पद्धतिको लागि सधै अग्रमोर्चामा रहेर समस्या समाधान गरेको र जनताको मनमा बस्न सफल भएको पार्टी भएको उहाको धारणा रहेको छ । नेकपाको बिभाजन र एकता दुबै देश र जनतालाइ घातक भएकोले अबको एकमात्र शक्ति लोकतान्त्रिक शक्तिले देशलाइ सहि दिशामा डोहोर्याउने दाबि उहाले गर्नुभयो ।

त्यस्तै काङ्ग्रेसका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले नेकपाको बहुमत सहितको सरकारले हत्या, हिम्शा,बलात्कार भ्रष्टाचार ,अनियमितता भन्दा अरु केही हुन नसकेको बताउनुभयाे । नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष मृगेन्द्र प्रसाद रिजालले बोल्दै म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको भनाइ ठ्याक्कै उल्टो भएको साथै आफैले बनाएको सम्बिधानको राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्रीलाइ अनुरोध समेत गर्नुभयो ।

काङ्ग्रेस वडा न ७ का वडा सचिव तेजिन्द्र बहादुर जिसिको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रम नगर सभापति सुदर्शन शाक्यको अध्यक्षता तथा नगर सचिव मोहन घिमिरेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै