समचार

कँग्रेसले जिसस बाग्लुङको उपप्रमूखको उमेदबारी फिर्ता लिएसँगै बाम राप्रपा गठबन्धनका उमेदबार भुषाल निर्विरोध निर्वाचीत

कृष्ण पोखरेल

कृष्ण पोखरेल

साउन १७

नेपाली कँग्रेस बाग्लुङले जिल्ला समन्वय समितिको उपप्रमूखको उमेदबार राम प्रसाद वि.क.को उमेदबारी फिर्ता लिएको छ । उक्त पदमा उमेदबारी पार्टी फिर्ता लिएसँगै विकको उमेदबारी बदर भएको जिल्ला निर्वाचन कार्यालय बाग्लुङका निर्वाचन अधिकृत हिमालाल बेलवासेले जानकारी दिनुभयो । प्रमूख र उपप्रमूख मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था भएपनि दुवै उमेदबार पुरुष भएको भन्दै बाम राप्रपा गठबन्धनको तर्फबाट निर्वाचन कार्यालयमा उजुरी परेको थियो । उमेदबारी फिर्तासँगै गठबन्धनको तर्फबाट उपप्रमूखमा एमालेको तर्फबाट उमेदबार विष्णु भुषाल निर्विरोध निर्वाचीत हुनुभएको छ । अन्य पदको निर्वाचन आउँदो २० गते हुँदैछ । जसअन्तर्गत भोली उमेदबारको मनोनय फिर्ता लिने,  अन्तिम नामावली प्रकाशन गर्ने र उमेदबारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Top