ताजा अपडेट

समचार

रुपन्देही जिससमा एमाले-फोरम र कांग्रेस-माओवादी गठबन्धन, जिससमा एमालेको प्रबल सम्भावना

Krishna Pokharel

 

२२ साउन, भैरहवा । 

जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीको चुनावको लागि कांग्रेस र एमालेले छुट्टै प्यानल दर्ता गराएका छन् । यही साउन २८ गते निर्वाचन हुने भएपछि एमाले र कांग्रेसले छुट्टाछुट्टै प्यानल दर्ता गरेका हुन् । चुनावका लागि एमाले र संघीय समाजवादी फोरम नेपालवीच एउटा प्यानल बनेको छ भने काँग्रेस माओवादी र राप्रपावीच अर्काे प्यानल बनेको छ ।

एमालले फोरम नेपालसँग तालमेल गर्दा जिल्ला संयोजक सहित ५ सदस्य र फोरम नेपालले सहसंयोजक सहित चार सदस्य लिएको छ । नौ सदस्यीय गठन हुने जिल्ला समन्वय समितिमा संयोजकमा एमालेका तर्फबाट एकराज विश्वकर्मा संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यहरुमा एमालेले कविराम अर्याल, खेम लुईटेल, जमुना लम्साल र ज्ञानु वि.क रहेका छन् ।

त्यस्तै फोरम नेपालका तर्फबाट सहसंयोजकमा पशुपति यादव र सदस्यहरुमा छोटे हरिजन, सरौजा बरई र रियाज अहमदले उम्मेदवारी दर्ता गराएको फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए । नेपाली कांग्रेसका तर्फबाट संयोजकसहित ५ जना, माओबादी केन्द्रबाट सहसंयोजक सहित ३ र राप्रपाले १ सदस्य लिने सहमती भएको छ ।

जस अनुसार संयोजकमा बिष्णु बस्याल, सहसंयोजकमा सदावृक्ष तेली गुप्ता, सदस्यहरुमा रुपमाया पुन, जानकी कुवर, चन्द्र बि.क र अब्दुल शकुर मुसलमान, कल्पना परियार, जग्गु यादव अहिर, धनराज शर्मा रहेको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

जिससमा एमालेको प्रबल सम्भावना

जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एमालेका उम्मेदवार चुनिने प्रबल सम्भवाना रहेको छ ।जिल्लाको १६ स्थानीय तह मध्ये ७ तहको प्रमुख ८ तहमा उपप्रमुखमा गरी एमालेका १५ जना उम्मेदवार निर्वाचित भएका छन् । यस्तै संघीय समाजवादी फोरमको ४ तहमा प्रमुख र ४ तहमा उपप्रमुख गरी ८ जना निर्वाचित भएका छन् ।

जिससमा संयोजक चुनिनका लागि ३२ जना मध्ये एमालेसगँ १५ जना र फोरम नेपालसगँ ८ जना गरी कुल २३ मतदाता रहेका छन् । काँग्रेसको २ तहमा प्रमुख र २ तहमा उपप्रमुख गरी ४ जना, माओवादी एक तहमा प्रमुख र उपप्रमुख गरी २ जना, फोरम लोकतान्त्रिक र स्वतन्त्र एक/एक तहमा प्रमुख तथा राप्रपाको एक तहमा उपप्रमुखमा उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै काँग्रेसको ४, माओवादीको एक र राप्रपाको एक गरी ६ जना मतदाता रहेका छन् । यसरी जिससमा एमालेका उम्मेदवार चुनिन प्रबल सम्भवना रहेको देखिन्छ ।

 
  • ON-AIR

    Time:: am

  • UP-NEXT

    नेपाल खबर

    Time:6:00 pm

Top