• १५ चैत २०८०, बिहीबार
  • २१:५४:३५

Now: लघुकथा आँगन

Next: खुलदुली डटकम

हामि कम्युनिष्टसंग प्रतिस्पर्धा गर्न तयार छाै : ताम्राकार 

बडिगाड । संविधान विघटन असैम्बधानीक, अलोकतान्त्रीक भएको भन्दै नेपाली काँग्रेसका नेता एंव राष्ट्रिय दलित आयोगका पुर्व कार्यवाहक अध्यक्ष रन्जित ताम्राकारले सच्याउनु प्रर्ने बताएका छन ।

संविधान विघटन विरुद्ध नेपाली काँग्रेस बडिगाड ६ र ७ को आयोजनामा विहिबार भएको विरोध तथा पार्टि प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । काँग्रेसले कानुनी राज्यको अबधारणलाई मान्ने बताउदै चुनावमा जनपरेपनि काँग्रेस पछि नहट्ने र कम्युनिष्टसंग प्रतिस्पर्धा गर्न तयार रहेको समेत ताम्राकारले बताए ।

दलित, जनजाति र महिलाको हकहितकालागि लड्छु भन्नेहरु आवश्यक परेको बखत बोल्न नसकेको बताउदै उनले कमजोर वर्गलाई झठो बाचा र आवश्वाशन नदिन समेत आग्रह गरे । काँग्रेसले जनताको अभिमत बढाउन झुठो नबोल्ने र आश्वासन पनि नदिने गरेको बताउदै ताम्राकारले ओली सता विना बाच्न नसक्ने अबस्थामा पुगेकाले देश र जनताले यो अबस्था भोग्नु परेको बताए ।

आगामि चुनावमा होस या आन्दोलमा काँग्रेस एक्लै जाने योजना रहेको सुनाउदै दुई तिहाईको सरकारलाई देश र जनताको काम गर्न भनेर पठाँउदा देशलाई भडखारो तिर लगेको समेत उनले आरोप लगाए । 

सोहि अबसरमा नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापाले व्यक्तिगत र पार्टिगत भागभण्डा नमिल्दा आफ्नै घरमा आगो लगाएको बताउदै ओलि सरकारले संविधानको टाउको निमठ्ने काम गरेको बताईन । साथै थापाले काण्डै काण्डको सरकारले निर्दोषलाई कारवाहि र अपराधीलाई संरक्षण गरेको आरोप लागाईन ।

कार्यक्रममा विभिन्न पार्टि परित्यागगरी बडिगाड ६ र ७ का १ सय ५५ जना काँग्रेस प्रवेश गरेका थिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै