• १६ चैत २०८०, शुक्रबार
  • १७:४९:५६

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

खानेपानी आपूर्तिमा ठाउँ–ठाउँमा पहिरोले अबरोध

सदरमुकाममा ल्याइएको खानेपानीको मुहान र बिचबिचमा खसेका पहिरोले नगर खानेपानीमा चुनौती थपिएको छ । खानेपानीका लागि विस्तार गरिएको पाइपलाइनको विभिन्न ठाउँमा आएका अबरोधले नियमित खानेपानी बितरणमा समस्या भएको छ ।

लगातारको वर्षाले धेरै ठाउँमा पहिरो खसेपछि खानेपानी बितरणमा समस्या भएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।
भुँदीखोला र रेश खोलाबाट ल्याइएको खानेपानी योजनाको पाइपलाइन पहिरोका कारण ठाउँ ठाउँमा फुटेको छ । बिहुँको सुल्डाँडा, दोबिल्ला लगायतका स्थानमा खसेका पहिरोले पाइप बगाएपछि बनाउन कठिन भएको छ ।

त्यस्तै, बोक्से नजिकै जमिन बगेपछि पाइपलाईन टुटेको छ । ‘पानी लगाउँदा पहिरो खसेर तल्लो खण्डमा घर बगाउने, नलगाए बजारबासीले पानी खानै नपाउने अबस्था सिर्जना भएको छ’ श्रेष्ठले भने, ‘मर्मतको काम गरिरहे पनि नगरबासीको सन्तुष्टी दिन सकिरहेका छैनौं ।’ बर्षातले पहिरो नरोकिएपछि मर्मत र पर्खाल लगाउने काम पनि अबरुद्ध भएका हुन् ।केही समयअघिदेखि नगर खानेपानी उपभोक्ता समितिमा देखिएको बिबादलाई खानेपानीको बितरणसँग पनि जोडेर हेरिएको थियो । उपभोक्ताले भने नियमित पानी आपूर्तिको माग गरेका छन् । उपभोक्ता समितिले दिउँसो बितरण गरेपनि बेलुकी पहिरोको जोखिमले बन्द गर्नु परेको समेत श्रेष्ठले बताए ।

सोमबार जिल्लाका संचारकर्मी र उपभोक्ता समितिका पदाधिकारीले पहिरोग्रस्त क्षेत्रको स्थलगत अनुगमनसमेत गरेका थिए । सहभागिले चुनौतीका बीच निरन्तर पानी खुवाउने काम नरोक्न र समय अनुकुल काम गरेर पाइपलाईन व्यस्थापन गर्न सुझाव पनि दिएका थिए । हाल बागलुङमा भुदीखोलाबाट प्रतिसेकेण्ड २० लीटर पानी ल्याइएको छ । रेशबाट १७ र रिठेखोलाबाट साढे ३ लीटर पानी ल्याइएको छ । उक्त पानीले पनि नपुगेपछि काठेखोलाको पानी लिफ्ट गरेर बजारमा लैजाने तयारी छ । निर्माणाधिन आयोजनाको समेत स्टिमेट त्रुटी भएपछि दुई पटकसम्म रिर्जभ ट्यांकी बनाउने स्थानमा पहिरो खस्दा काम अबरुद्व भएको थियो । काम सक्ने बेलासम्म आयोजनाको ४० प्रतिशत मात्र काम भएपछि म्याद थपेर काम लगाइएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै