• ८ बैशाख २०८१, शनिबार
  • ०४:१६:४२

Now:

Next: शुभारम्भ धुन

नयाँ जनादेशका लागि जनतामा जानु प्रतिगमन होइन अग्रगमन हो : मुख्यमन्त्री गुरुङ

आधिकारिक पार्टि र चिन्ह आफूहरुको हुने नेताहरुको दावी

बुर्तिवाङ । जनहितका लागि नयाँ जनादेश प्राप्त गर्ने अभिभारा आएकोभन्दै संसद विघटनपछि चुनावमा जानु प्रतिगमन नभई अग्रगमन भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बोल्नुभएको छ । बुर्तिबाङ बजारमा आयोजना गरिएको नेकपा ओली पक्षको बृहत भेलालाई सम्बोधन गर्नेक्रममा गुरुङले यस्तो बोल्नुभएको हो ।  

गरिवको सरकार, भूमिहिनहरुको सरकार, वेरोगारी घटाउने बृहद योजना ल्याउने सरकार, वृधवृधाका लागि उत्तरदायी निति बनाउने पार्टि र त्यसको नेतृत्वमा देशलाई समृद्धितिर लैजाने सरकार, नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

यो सरकारलाई असफल बनाउने खेलमा लागेकाहरु प्रतिगमनका मतियार भएको गुरुङले बताउनुभयो । ‘नयाँ संविधानको रक्षा र कार्यान्वयन, देशलाई समाजवादहुँदै साम्यवादसम्म लैजाने सरकारको नेतृत्वलाई असफल बनाउनेहरुलाई प्रतिगामी को हो भनेर सोध्न गुरुङले आग्रहगर्नु भयो ।  देशलाई अधोगतितिर लैजाने प्रयत्न भएपछि नयाँ जनादेशका लागि निर्वाचानमा जान संसद विघटन भएको उहाको भनाई थियो । 

‘देशमा आफ्नै पार्टिबाट सरकार असफल बनाउने काम भयो, विदेशी शक्तकेन्द्र र यहाँका राजनैतिक नेताहरुलाई सरकारको काम मन नपरेर सरकार विरुद्धका गतविधिहरु गरिएको भए, फलस्वरुप यस्तो अवस्था आएको गुरुङले बताउनुभयो ।’  ‘यो सरकार भारतले नेपालमा नाकबन्दी लाउँदा किन गरिस् भनेर लल्कारने सरकार हो । केपी ओली त्यसको नेतृत्व हो ।

यो सरकार भारतले नेपाली भूमि मिच्दा आफ्नो भूमि फिर्ताको अभियान थाल्ने सरकार थियो, त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको थियो ।’ त्यसकारण सरकार असफल बनाउने काम सुरु भएपछि, राष्ट्र हितका पक्षमा यस्तो काम भएको उहाँको भनाई थियो । आज सडकमा अनर्गल चर्चा गरिएको जस्तो, संविधानमाथि ‘कु’ भयो, असंवैधानिक कदम भयो, संविधान विघटन गर्न खोजियो, भनेर जे जे आरोपहरु लगाइएको छ ।

ति सबै झुठ र बेकारको रोइलो भएको बताउँदै गुरुङले, ‘गणतन्त्र ल्याउने मान्छे, संविधान बनाउने मान्छेले आफै कसरी मास्न सक्छ भन्नुभएको छ ।  मुलुक सम्पन्न भयो, भने, देश समृद्ध बन्यो भने, देशका जनता शुखी भएभने बल्ल सबैको भलो हुन्छ भन्दै गुरुङले, ‘सरकारका निती कार्यक्रमलाई कार्यान्वयन गरौं भन्दा अड्को थाप्ने, अफ्ठेरो पार्ने, आफूहरुले भनेजस्तो भएन भने बहुमत र अल्पमतको खेल खेल्ने, देशलाई अन्योलतातिर लैजान आफ्नै पार्टिको प्रधानमन्त्री हटाउने चलखेल गर्ने, अविश्वसको वातावरण सिर्जना गर्ने, पार्टिमा तिक्तता पैदा गर्ने, जस्ता बखेडा झिक्ने मान्छेहरु अहिले सडकमा रोई कराई गरिरेको उहाको भनाई थियो । 

देशले विकास चाहेको छ । समृद्धि चाहेको छ । लोकतन्त्र बलियो बनाउन खाजेको छ । जनचाहना अनुसार राज्यले काम गर्नुपर्दछ भन्ने चाहेको छ भन्दै मुख्यमन्त्री गुरुङले, यहाँ पद प्रतिष्ठा र लालचका लागि राजनीति गर्नेहरुलाई जनताले चिन्नु पर्दछ  र पार्टिबाट  छुट्टिएर जानेको पक्षमा जनता नजान समेत सुझाव दिन्छु भन्नुभयो । यस्तै कार्यक्रममा वत्ताका रुपमा रहनुभएका नेकपा केन्द्रिय सदस्य मनाकुमारी केसीले, नेकपा टुटफूट र विभाजन हुने होईन, सही नेकपा लाईनमा आफूहरु रहेको दावी गर्नुभएको छ । 

पार्टिको दुईतिहाई सरकार गठनभएपछि, पार्टिका नेताहरुले आफ्नो भाग र हिस्सा खोज्दा यस्तो अवस्था आएको भन्दै, नयाँ जनमतका लागि संसद विघटन भएको र यो प्रक्रिया लोकतान्त्रिक ढंगले, संबैधानिक तरिकाले र विधिसँवत भएको दावी समेत गर्नुभयो ।  कार्यक्रमका अर्का अतिथि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले, अव जनतालई ढाटेर राजनीति नहुने बताउनुभयो । 

केन्द्रमा संघीय सरकार, प्रदेशमा प्रदेश सरकार र स्थानीय तहमा आफू प्रमुख भएको सरकार हुँदाहुँदे, उसले ल्याएका नीति कार्यक्रमहरु लागु भइरहेकोबेला केही फेशबुके नेताहरुले मैले गरें भनेर जनता झुक्याउने खेति गरिरहेको नेपालीको भनाई थियो ।

लामो समयसम्म काँग्रेस सत्तामा थियो, त्यसवेला गाउँमा बाटो बनेनन्, जनताका घरमा पानीको धारा बनेनन् स्कुल बनेनन्, विजुली बनाइएन तर आज जनताका आधारभूत आवश्यकताहरु सम्बोधन हुँदैगर्दा अत्तालिएर काग्रेस नै झ्ठ्को खेति गर्न तिर लागिपरेको आफूले देखेको उहााले बोल्नुभयो ।  समाजमा भ्रम छरेर नेत हुँने होईन भन्दै नेपालीले, सही र सत्य के हो जनताकोबीचमा टेबुल टक गर्न समेत नेपालीले चूनौति दिनुभयो । 

कार्यक्रममा नेकपा गण्डकी प्रदेस सचिवालय सदस्य गोविन्द नेपाली, जिल्ला सदस्य बीर बहादुर विश्वकर्मा, भद्रमणी सुनार लगायतले बोल्नुभएको थियो । नेकपाका नेता तुल्सीराम अर्यालको अध्यक्षता रहेको कार्यक्रममा ददीराम शर्माको स्वागत मन्तव्य तथा ऋतुवर्ण पौडेल र उत्तमबहादुर महतको सञ्चालन रहेको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै