• १६ चैत २०८०, शुक्रबार
  • ०१:४९:५६

Now:

Next: शुभारम्भ धुन

बडिगाड गाँउपालिका वडा नं. २ को आयोजनामा वडा भेला सम्पन्न

खर्बाङ । बडिगाड गाँउपालिका वडा नं. २ को आयोजनामा आईतबार वडा भेला सम्पन्न भएको छ । वडा अध्यक्ष ढाल प्रसाद शेरचनाको अध्यक्षतामा सम्पन्न भेलाले विभन्न उपभोक्ता समितिको गठन गरेको छ ।

जस अन्र्तगत टंक भुजेलको अध्यक्षतामा ९ सदस्यीय वडा कार्यालय भवन निर्माण उपभोक्ता समिति, हिमा खरेलको संयोजकत्वमा  ३ सदस्यीय वडा कार्यालय भवन निर्माण अनुगमन समिति, वडा अध्यक्ष शेरचनको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरिय खानेपानि सरसफाई तथा स्वछता समन्वय समिति, र ढालेन्द्र वनको अध्यक्षतामा ६ सदस्यीय तारजालि तथा पाईप खरिद उपभोक्ता समितिको गठन गरिएको हो । 

कार्यपालिका सदस्य हिमा खरेलको स्वागत रहेको वडा भेला वडा कार्यलयका कर्मचारी बुद्ध पौडेलको संचालनमा सम्पन्न भएको थियो । अहिले जिल्ला समन्वय समितिको भवन रहैकै परिसरमा वडा कार्यलय भवन निर्माण गरिने समेत वडा अध्यक्ष शेरचनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै