• १६ चैत २०८०, शुक्रबार
  • १७:३५:४१

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

वामीटक्सारमा वाणिज्य बैंकको शाखा सञ्चालनमा आउँदै

गुल्मी । बैंकिङ सेवालाई सहज बनाउने उद्देश्यका साथ विंस २०४३ सालमा वामीटक्सारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा झन्डै २० वर्षपछि पुन संचालनमा आउने भएको छ ।

माओवादी जनयुद्धका कारण सुरक्षा व्यवस्था कमजोर भएको भन्दै  विंस. २०५८ सालमा वामिटक्सारको शाखा तम्घास शाखामा गाभिएको थियो । तर अब बैंकको शाखा वामिटक्सारमै पुनः स्थापना गर्ने विषयमा मंगलबार छलफल सम्पन्न भएको छ ।

मंगलबार बैंकका प्रतिनिधि र गुल्मी मुसिकोट उद्योग बाणिज्य संघका प्रदाधिकारीको छलफलले छिटै वामिटक्सारमा बैंकको शाखा संचालन गर्ने निर्णय गरेको हो । वामिटक्सारमा तत्कालिन समयमा स्थापना भएको उक्त बैक लुम्बिनी अञ्चलमै सबै भन्दा बढि कारोबार गर्ने बैंकका रुपमा रहेको बैंकका लुम्बिनी प्रदेश कर्जा प्रमुख रोशन सुवेदीले जानकारी दिए ।

विसं.२०६२/६३ सालमा शान्ति सम्झैता भएपछि पटक पटक शाखा पुन स्थापनाको लागि बाणिज्य संघ र अन्य क्षेत्रबाट पहल भएको भएपनि सफलता नमिलेको संघका सचिव महेश्वर घिमिरेले बताए ।  

सोहि अबसरमा २ वर्ष अगाडि मात्रैपनि बैक संचालन गर्ने भनिएपनि सो हुन नसकेको बताउदै आगामि बैशाख सम्म सेवा शुचारु गर्ने गरी काम अगाडि बढाउने राष्ट्रिय बाणिज्य बैक लुम्बिनी प्रदेशका प्रमुख अनन्द सुवेदीले प्रतिबद्धता जनाए । बैंक संचालनमा आएपछि वित्तिय कारोबारमा सहज हुने बाणिज्य संघका अध्यक्ष शुद्शन शाक्यले बताए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै