• ८ बैशाख २०८१, शनिबार
  • ०३:४५:२७

Now:

Next: शुभारम्भ धुन

बागलुङ नगरपालिका २ का वडा अध्यक्ष आचार्यले सिफारिस दिन इन्कार गरेको आरोप

बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्यलाई एक सेवाग्राहीले सिफारिस दिन इन्कार गरेको आरोप लगाएका छन् ।

वडा अध्यक्ष आचार्यकै एकाघरका दाजुभाई समेत रहेका म्याग्दी जिल्ला मंगला गाउँपालिकाका चित्रराज आचार्यले आफ्नो अंशको जग्गा विक्री गर्न खोज्दा सिफारिस नदिएको गुनासो गरेका छन् । मंगलबार पत्रकार भेटघाट कार्यक्रम गरेर चित्रराजले अध्यक्ष आचार्यका बुवा र आफ्ना बुवा एकाघरका दुई भाई रहेको र ४० वर्ष अघि अंश बण्डा भएको जग्गा अहिले बिक्री गर्न खोज्दा सिफारिस नदिएर अनेक दुःख र सास्ती दिइरहेको बताउनुभयो ।

बाउ बाजेको पुख्यौली जग्गा बिक्री गर्नका लागी बैनापट्टा समेत गरिसकेको अवस्थामा वडा कार्यालयमा जाँदा वडा अध्यक्ष आचार्यले सिफारिस नदिएको उहाँको भनाई थियो । म्याग्दीबाट हजारौ खर्चेर पटक पटक वडा कार्यलय धाउँदा पनि वडा अध्यक्षले सिफारीस नदिएकाले अदालतदेखि पत्रकार सम्म गुहार माग्नुपर्ने अवस्थामा पुगेको चित्रराजले बताउनुभययो ।

यो विषय नगरपालिकाको न्यायिक समिति हुँदा अदालत सम्म पुगेको छ । रोपित बानपा २ का वडा अध्यक्ष जीवन आचार्यले भने न्यायिक समितिमा परेको मुद्धा भएकाले न्यायिक समितिको छलफल नहुने समय सम्म वडा कार्यलयबाट सिफारिस नदिन पत्रचार भए पछि रोकिएको बताउनुभयो ।

उक्त मुद्धा न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने भनि छलफलको निष्कर्ष भइसकेपछि जग्गा धनीले उच्चा अदालतमा मुद्धा राखेका कारणले सिफारिस रोकिएको वडा अध्यक्ष आचार्यको भनाई छ । उच्च अदालतको आदेश अनुसार सिफारिसको काम अगाडि बढाउने आचार्यले बताउनुभयो । - आदर्श अनलाइन

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै