• १३ बैशाख २०८१, बिहीबार
  • ०७:५७:४३

Now: शुभविहानी

Next: थाहा अपडेट

अपङगता सम्बन्धी अभिमुखिकरण कार्यक्रम वामीमैदानमा सम्पन्न

बाल क्लबका प्रतिनिधिहरूका लागि अपङगता सम्बन्धी अभिमुखिकरण कार्यक्रम मुसिकोट ८ वामीमैदानमा सम्पन्न भएको छ । शारदा बिधा मन्दिर माविमा अध्यन गर्ने बिधार्थीहरूका लागी अपाङ बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा द्वारा सन्चालित सक्षम परियोजना गुल्मीको आयोजना तथा शारदा बिधा मन्दिरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

‘सबै अपाङगता दृष्य हुदैनन’भन्ने मुल नाराका साथ बिधालयको कक्षा ४ देखी कक्षा १० सम्मका २३ जना बिधार्थीहरूका लागी संस्थाको तर्फ बाट कार्यक्रमकाे आयोजना गरिएको थियो । केन्द्रका सक्षम परियोजना जिल्ला सुपरभाईजर लेखनाथ आचार्य, सहायक जिल्ला सुपरभाईजर होमराज के सी, पुनस्र्थापन सहायक तुल्सी पान्डे, अस्मिता सापकोटाले तालिमको सहजिकरण गर्नुभएको थियो ।

सक्षम परियोजनाले गरीब तथा शारीरिक अपाङगता भएका बालबालिकालाई उपचार,पुनस्र्थापना,अनुगमन,परामर्श र सहायक उपकरण लगायत अन्य सेवाहरू समुदायमा पुर्याऊने उध्देश्यले सन १९८५ सेप्टेम्बर देखि बिभिन्न कार्यक्रम  गर्दै आएको छ ।  

कार्यक्रममा बिधालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटा, शिक्षक भीमसेन केसी लगाएतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै