समचार

आज श्रीकष्ण जन्माष्टमी, विबिध कार्यक्रमको आयोजना गरी श्रद्धापूर्वक मनाईदै

Krishna Pokharel

बागलुङ २०७४ साउन ३० । 

आज श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा कृष्ण मन्दिरहरुमा विहानै देखी श्रद्धालुहरुको ताती लागेको छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा(आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । हिन्दुहरुका लागि श्रीकृष्ण जन्माटमीको ठुलो महत्व राख्दछ । जन्माष्टमी पर्वलाई भगवान श्रीकृष्णको जन्मोत्सवको रुपमा श्रद्धापूर्वक मनाईन्छ । भगवान श्रीकृष्णलाई भगवान विष्णुको आठौँ अवतार मानिन्छ ।

 

भगवान श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन श्रीकृष्णको पूजा(आराधना, भजन(कीर्तन गरी खासगरी हिन्दु नारीहरु रातभर जाग्राम बस्ने प्रचलन छ ।

बागलुङ बजार स्थित राधाकृष्ण मन्दिर र नारायण स्थान (मन्दिर)मा भगवान श्रीकृष्णको पूजा अर्चना गर्न अहिले श्रद्धालुहरुको भीड लागेको छ । भजन कीर्तन भैरहेका छन् ।

 

बागलुङ सदरमुकाम स्थित नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा बालमन्दिरमा विहान प्रवचन र दिउँसो श्रीश्री राधाकृष्णको अभिषेक आरति दर्शनको कार्यक्रमको आयोजना गरिएको छ ।

 

ब्रह्मकुमारी विश्वविद्यालय राजयोग केन्द्र (ओम शान्ति)बागलुङमा प्रत्यक वर्ष भव्यरुपमा मनाउने गरिएको श्रीकृष्ण जन्माष्टमी पर्व यस वर्ष गल्कोट नगरपालिकाको हटियामा आयोजना गरिएको छ ।

 

ब्रह्मकुमारी स्मृतीले दिएको जानकारी अनुसार यस वर्ष श्रीकृष्ण जन्माष्टमी गल्कोट हटियामा श्रीकृष्ण लिला झाँकी प्रवचन गरी मनाईने कार्यक्रम रहेको छ ।

 

गत साउन २७ गते देखी ३१ गते सम्म हटियामा ‘खुशियाली एवं स्वस्थ्य समाजका लागि राजयोग मेडिटेशन शिविर’ सन्चालन भैरहेको बताउदै ब्रह्मकुमारी स्मृतीले कुष्ण जन्माष्टमी कार्यक्रम स्थानीय फिल्म हलमा गरिने जानकारी दिईन् ।

 
Top