• १३ बैशाख २०८१, बिहीबार
  • ०९:१६:१३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

कपाल झरेर वा टुक्रिएर दिक्क भएकाहरूकाे लागि १० टिप्स

आजकल उमेर ढल्केकाहरुको मात्र नभई युवा पुस्तामासमेत कपाल झर्ने समस्या बढ्दो छ । युवा अवस्थामा नै कपाल झर्न थालेपछि धेरै युवायुवतीहरु विभिन्न समाधानको उपाय अपाउछन् । तर यसको नतिजा शुन्य झै हुन्छ । कपाल झर्ने समस्याले पुरुषभन्दा महिला बढि तनावमा रहने गर्दछन् ।

किन झर्छ कपाल ?

हाम्रो शरीरमा कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको जीन नै हो । यद्यपि अन्य कयौं कारणले पनि कपाल झर्ने गर्दछ । खराब जीवनशैली र खानपानले कपाललाई हानी पुर्‍याउँछ । यस अलावा भिटामिन ए, बी, प्रोटिन, इत्यादिको कमिले पनि कपाल र्झन सक्छ ।

कसरी रोक्ने ?

१. सही स्याम्पु - कपाल झर्नबाट रोक्न आफ्नो कपालको प्रकृतिअनुसार सही स्याम्पुको छनौट गर्नुहोस् । नुहाउँदा स्याम्पुलाई सोझै कपालमा दल्नुको साटो थोरै पानीमा मिसाएर दल्नुहोस् । साथै आवश्यक मात्रामा मात्रै प्रयोग गर्नुहोस् अन्यथा अत्यधिक स्याम्पुको प्रयोगले कपाल कमजोर भएर झर्न थाल्छ ।

२. नियमित तेल - कपाल झर्नबाट रोक्न नियमित रुपमा तेल लगाउने गर्नुहोस् । यसले कपालको मोइस्चर कायम रहन्छ । अझ तेललाई हल्का तताएर लगाएमा यसले कपालको जरालाई राम्ररी प्रभावमा ल्याउन सक्छ । तेल लगाएपछि १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुहोस् ।

३. तनाव मुक्त - प्रायः धेरै तनावमा रहने वा हमेशा चिन्तामा रहने मानिसहरुको कपाल झर्ने गर्दछ । यसका साथै तनावमा रहनेहरुको कपाल चाँडै फुल्न थाल्छ । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्‍याउँछ । त्यसैले आफ्नो तनाव कम गर्नुहोस् ।

४. प्रोडक्टबाट सावधान - कपालको सौन्र्दयता बढाउने नाममा धेरैले हेयर स्टाइलिङ प्रोडक्ट, जस्तै जेल, क्रिम, कलर आदिको प्रयोग गर्दछन् । तर यसले कपाललाई उल्टै नोक्सानी पुर्‍याउँछ । तसर्थ सकेसम्म यस्ता वस्तुको प्रयोग नगर्ने गरीहालेमा पनि लामो समयसम्म यसलाई राख्नु हुदैँन ।

५. तातोपानी - कपाल नुहाउन तातो पानीको प्रयोग गर्नु हुदैँन । तातो पानीले कपाल डिहाइड्रेटेड हुन्छ र टुक्रिन थाल्दछ । त्यसैले कपाल धुन सकभर तातो पानीको प्रयोग नगर्नुहोस् । सकेसम्म कपाल नुहाउन चिसो पानी प्रयोग गर्नु नै सबैभन्दा राम्रो मानिन्छ ।

६. चिसोमा कपाल नकोर्नु - नुहाउने बित्तिकै भिजेको कपाल कोर्नु हुदैन । चिसोमा कपाल अत्यन्तै कमजोर हुन्छ र छिटो टुक्रिन सक्छ त्यसैले चिसो कपालमा कपाल नर्काेर्नु होस् । यसका साथै प्लास्टिक वा पातलो दाँत भएका काइयोले पनि कपालमा नोक्सानी पुर्‍याउन सक्छ । त्यसैले कपाल कोर्दा हावामा सुक्न दिएर मोटो दाँत भएको काइयोले मात्र कोर्नु पर्दछ ।

७. खानपानमा सजगता - कपालमा समस्या भएपछि मात्र होइन नभई पनि आफ्नो खानपानमा केही सुधार ल्याउनु पर्ने हुन्छ । यसकालागी आफ्नो खानामा प्रोटिन र आइरनयुक्त खाद्यपदार्थ समावेश गर्नुहोस् । नियमित रुपमा हरियो पातभएका तरकारी, सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गरेमा कपाल झर्ने समस्यामा केही सुधार हुन्छ ।

८. कन्डिसनर - कपालमा कहिलेकाहिँ मात्र कन्डिसनर प्रयोग गरेर कपाल स्वस्थ हुदैँन । कपाल राम्रो बनाउन हरेक पटक नुहाइसकेपछि कन्डिसनर प्रयोग गर्नु पर्दछ । कन्डिसनर लगाउनुभन्दा अगाडि कपाललाई तौलियाले राम्ररी पुछ्नु पर्दछ ।

९. कपाल काट्नुहोस् - समय समयमा कपाललाई काट्ने, छाट्ने गरेमा कपालको टुप्पोमा हुने क्षति कम गर्न सकिन्छ । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुनसक्छ । विशेष गरी महिलाले हरेक ४/५ महिनामा कपाल ट्रिम गर्नु राम्रो हुन्छ ।

१०. कपाल नबाध्ने - धेरै महिलाहरु कपाललाई कसिलो गरी बाँधेर राख्दछन् । तर यसो गर्दा कपाल चाँडै टुट्न थाल्दछ । साथै चाया पर्ने र चिलाउनेलगायतका समस्या पनि उत्पन्न हुन्छ । त्यसैले कपाललाई सकेसम्म खुल्ला छाड्ने वा खुकुलो गरी बाँध्नु पर्दछ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै