• ८ बैशाख २०८१, शनिबार
  • ०६:३२:०७

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

चलचित्र ‘आमा’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र आज युट्युबमा रिलिज गरिएको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो । 

गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो । 

डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको थियो । सोही निर्माण युनिटले अहिले ‘चिसो मान्छे’ निर्माणको तयारी गरिरहेको छ । यसमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै