• ८ बैशाख २०८१, शनिबार
  • ००:२४:३५

Now:

Next: शुभारम्भ धुन

बागलुङे चेली दिलु सलामीको पञ्चैबाजा गित ढोरपाटन स्याल पाखे सार्वजनिक 

बागलुङ । बागलुङे चेली दिलु सलामीको ढोरपाटन स्याल पाखे पञ्चैबाजाको गित आज सार्वजनिक भएको छ ।

नेपालकै एक मात्र शिकार आरक्ष तथा ऐतिहासिक क्षेत्र ढोरपाटनमा रहेको स्याल पाखे क्षेत्र र त्यहाँ रहेको आस्थाको केन्द्र उत्तरगंगा बाराहि मन्दिरको महत्व समेत दर्शाउँदै गायीका सलामीले सो गित सार्वजनिक गर्नुभएको हो । खेम सेन्चुरी र दिलु सलामी मगरको स्वर रहेको सो गितमा लय दिलु सलामी कै रहेको छ ।

शब्द दिलु सलामी मगर र निश्चल श्रेष्ठ रहेको सो गितको म्युजिक भिडियोको निर्देशन निर्देशन मानसिँह खड्काले गर्नुभएको छ, भने टिका सानु र वविन सिंह ठकुरीको अभिनय रहेको सो गित यानीमाया रोधि क्लवले बजारमा ल्याएको हो ।

बडिगाड गाउँपालिकामा स्थायी घर भइ हाल काठमाडौं रहनुभएकि गायीका सलामीले यस अघि कौडा, सालैजो, पञ्चैवाजा लगाएत दर्जनौं एल्बम तथा गित सार्वजनिक गरिसक्नुभएको छ ।  आजै सार्वजनिक गरिएको ढोरपाटन स्याल पाखे, तिमिलाई पाउन उत्तरगंगा बाराहिलाई भाकेँ बोलको गितले पश्चिमेली भाका र वाजालाई सम्बोधन गरेको र ढोरपाटनको महत्वलाई उजागर गरेको भन्दै गायीका सलामीले सुनेर साथ दिन आग्रह गर्नुभएको छ ।

दिलु सलामी मगरको आधिकारी युट्युव च्यानलमा हेर्न पाइने सो गित रेडियो सारथी बाट पनि सुन्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै