• १६ चैत २०८०, शुक्रबार
  • ०४:५४:०३

Now:

Next: शुभारम्भ धुन

बागलुङमा ७ सय बढिले लगाए कोरोना खोप

तस्विर : आदर्श अनलाइन

बागलुङ । बागलुङमा हालसम्म ७२६ जनाले कोरोना खोप लगाएका छन् । खोप बुधबारदेखि लगाउन सुरु गरिएको थियो । पहिलो दिन एक सय १७, दोस्रो दिन दुई सय ७८ र तेस्रो दिन तीन समय ३१ गरी सात सय २६ जानले खोप लगाई सकेका छन् ।

शुक्रबार बागलुङ नगरपालिकाका १ सय २५ जना, नेपाल आर्मीका पाँच जना, जैमिनी नगरपालिकाका ७४ जना, काठेखोला गाउँपालिकाका ४९ जना, ताराखोला गाउँपालिकाका ७ जना, निसीखोला गाउँपालिकाका १ र गलकोट नगरपालिकाका ७० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपर भाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

खोप लगाउनेमा अधिकांश महिला स्वास्थ्य स्वएम सेविका रहेको खत्रीको भनाई छ । खोप तीव्र गतिमा लगाइ रहेको खत्रीले बताउनुभयो । जिल्लामा अब नौँ सय ८८ बाँकी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वएमसेविका, सरफसफाई गर्ने कर्मचारी र एम्बुलेन्स चालकहरु रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै