• १६ चैत २०८०, शुक्रबार
  • ०२:३५:३४

Now:

Next: शुभारम्भ धुन

निसीखोलाका लेखापाल, कांग्रेस नेतासहित ६ जना पक्राउ

बागलुङ । जुवाखालबाट प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–२ जुगजाखोलाबाट ६ जनालाई पक्राउ गरेको छ । जुग्जाखोलामा तास खेलिरहेको सूचनाका आधारमा शुक्रबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिकाका लेखापाल पश्चिम रुकुम चौरझारी नगरपालिका–१० का ३३ वर्षका खगेन्द्र बुढा, नेपाली कांग्रेस वडा नम्बर २ का वडा सभापति ३८ वर्षका मोहन बस्नेत, स्थानीय २९ वर्षका कपिल भनिने गमबहादुर खत्री, ३४ का रेशम छन्त्याल, २२ वर्षका खगेन्द्र कुँवर र ३८ वर्षका रोशन छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

एपसी श्रेष्ठका अनुसार जुवाखालबाट २३ हजार २० रुपैयाँ, २ सय ६ थान तास बरामद गरिएको छ । स्थानीय रेशम छन्त्यालकाे घरमा उनीहरू तास खेलिरहेका थिए । उनीहरुलाई फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को १ बमोजिम नियन्त्रणमा लिई निजहरुलाई सट्टावाजी गर्ननहुने अन्तर्गत मुद्दा दायर गरिने प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ । - नयाँ विश्व

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै