• ८ बैशाख २०८१, शनिबार
  • ०५:०९:५०

Now: धार्मीक कार्यक्रम

Next: धौलागिरी हालचाल

३ दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् ।

भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएको थियो । खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए ।

तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत -बालबालिका बाहेक)लाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए । साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन ।

शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेरेका छन् । अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने भन्दै उनले भनेका छन्, बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’ - अनलाइन खबर

याे पनि पढ्नुहाेस 

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै