• १२ बैशाख २०८१, बुधबार
  • १६:१४:४९

Now: लाेक सारथी

Next: थाहा अपडेट

बडिगाड जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानिय उत्साहित 

बागलुङ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन ।

झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्रिय विद्युतको आगमनले मन नै उज्यालो बनाएको छ । भौगोलिक विकटता सँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक पटक हुने समस्याले गर्दा लामो समय देखि हैरानी खेप्नु परेको समाजसेवी झबिन्द्र बुढाथोकीले बताउनु भयो ।

स्थानियले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, ब्यबसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीय माया श्रीसको भनाई छ । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत झण्डै ५५ लाखको लागतमा विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

प्राधिकरणले गलकोट नगरपालिका ५ हरिचौरमा रहेको सब स्टेसन बाट ११ केभी प्रसारण लाइन मार्फत गाउँपालिकाको खौलारा बजार देखि ट्यापिङ गरेर ४ किलोमीटरको दूरीमा झुलेडाँडामा ५० केवी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको प्रमुख गोशलिले बताउनु भयो । विकट अनि दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतिय सामाग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर असीम पन्तले जानकारी दिनुभयो । केन्द्रिय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले बताउनु भयो ।

केन्द्रिय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने विश्वास बडिगाड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रेम गलामीले बताउनु भयो । केन्द्रिय विद्युतको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोसलीले स्विच अन गरेर उदघाटन गर्नुभएको थियो ।

केन्द्रिय विद्युतलाई क्रमशः गाउँपालिका भित्रका सबै वडाहरू र जिल्लभर विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत उदघाटन कार्यक्रम रुपा छन्त्याल श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै