• ७ बैशाख २०८१, शुक्रबार
  • ११:२९:१३

Now: सिने संसार

Next: नेपाल खवर

५ महिनासम्म पनि भुजीखोला लघुजलविद्युत आयोजनाका श्रमिकले ज्याला पाएन्न

बुर्तिबाङ गत भाद्र १७ गतेको बाढीका कारण तहसनहस बनेको भुजीखोला लघुजलविद्युत आयोजनाको मर्मतमा खटिएका श्रमिकले ज्याला नपाएपछि आक्रोसित भएका छन् ।

असोज ३ गतेदेखि विद्युत मर्मतका जुटेका ७० श्रमिकले एक महिनासम्मको ज्याला नपाएको स्थानीय ओमकार विकले गुनासो गरे छन् ।  ‘२७ दिन काम गरेको थिएँ, दैनिक ९ सय रुपैयाँका दरले ज्याला दिने भनी काममा खटाए, अहिलेसम्म पैसा पाएको छैन’ उनले भने ।

आफुले लामो समयसम्म ज्याला नपाएपछि दुई दिनसम्म आफुहरुले विद्यु्त आयोजना बन्द समेत गरीएको विकको भनाई छ । ढोरपाटन नगरपालिका ८ र ९ साविक बोबाङ गाविसका वडा ४, ५, ६, ७ र ८ का ८ सय घरधुरीले उक्त विद्युत उपभोग गर्दे आइरहेका छन् । आयोजनाको मुहान, कुलो तथा पावरहाउर र मेसिनरी सामानमा गरी २२ लाख ५० हजारको आयोजना मर्मतमा खर्च भएको छ । 

बाढी रोकिए लगत्तै विद्युत मर्मत गरेर बत्ति बाल्ने प्रयासमा लागेका उनीहरुलाई स्थानीय र प्रदेश सरकारबाट आर्थिक सहयोग गर्ने आश्वासन आएको थियो । तर हालसम्म रकम नआउँदा आफुहरु समस्यामा परेको आयोजना व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर पुनले बताए । 

ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले पहिले ३ लाख र पछि २ लाख गरी पाँच लाख सहयोग गर्छु भनेर पनि अझैसम्म नदिएको पुनको भनाई छ । ‘पाँच दिन्छु भन्नु भएको थियो रकम माग्न जाँदा प्रदेश सरकारले दिन्छ भन्नुभयो’ पुनले भने ‘उता प्रदेश सरकारमा समेत पैसा आएको छैन ।’

उनले कतैबाट पनि हालसम्म बजेट नआउँदा श्रमिक भोकै बस्नुपर्ने बाध्यता रहेको बताए । श्रमिकहरुले विद्युत आयोजना बन्द आएको र चाँडै पैसा दिने सर्तमा विद्युत सञ्चालनमा ल्याइएको उनको भनाई छ । ढोरपाटन युके तथा अस्ट्रेलीयन समाजबाट केवि घर्तिमगर र होम बहादुर बुढामगरको पहलमा ४ लाख मेसिनरी मर्मतको निम्ती उपलब्ध भएको उनको भनाई छ ।

त्यस्तै कलाकार शितल सर्मा र समाजसेवी गगन पुनको टोलीले ५० हजार आयोजना रँगरोगन गर्नमा सहयोग गरेको बताए । विद्युत निर्माण गर्नको गर्दा केही रकम सहयोग जुटाएर काम गरेको र अझै १८ लाख ५० हजार बराबरको रकम रिण रहेको पुनको भनाई छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै